श्री शालवाहनिय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल भदौ २५ गते शनिबार, १० सेप्टेम्बर २०२२। नल संवत्सर। भदौ शुक्लपक्ष पुर्णिमा तिथि १५ः४३, बजेसम्म उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा ०९ः४९ बजेसम्म उप्रान्त पूर्वभाद्र । चन्द्रराशि–मीन। सुर्याेदय ०५ः४७ बजे र सुर्यास्त ०६ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ब, छ, के, को, ह)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका स्रोत बढ्ने छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ ।