पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका—२ को सिद्ध सरस्वती मा.वि लाई कम्प्युटर सेट हस्तान्त्रण गरिएको छ । स्थानीय समाजसेवी गजेन्द्र सेर्माले विद्यालयलाई कम्प्युटर सेट हस्तान्त्रण गरेका हुन् ।

कुम्मायक—२ स्थीत माङजाबुङ घर भई हाल दक्षिण कोरिया प्रवासमा श्रमिकको रुपमा काम गर्दै आएका सेर्माले विद्यालयलाई १४ थान कम्प्युटर सेट निशुल्क हस्तान्त्रण गरेका हुन । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सेर्मा परिवारले विद्यालयका प्र.अ पुर्णकुमार सेर्मालाई उक्त कम्प्युटर सेट हस्तान्त्रण गरेका थिए ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुदै गएको भन्दै शिक्षालाई व्यवसायिक र प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर हस्तान्त्रण गरेका सेर्माको भनाइ छ । उनले व्यक्तिगत लगानीमा ३ लाख मुल्य बराबरको १४ थान कम्प्युटर सेट विद्यालयलाई हस्तान्त्रण गरेका हुन । विद्यालयलाई प्रविधिसंग जोड्न प्रवासमा बसेर महत्वपूर्ण सहयोग गरेको भन्दैै विद्यालयले सेर्माको परिवारलाई प्रसंशा पत्र सहित खादा ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले विद्यालयमा सेर्माले पु¥याएको योग्दान प्रति  खुलेरै प्रसंशा गरे । उनले भने, “कोरियामा पैसा कमाउन ठुलो संघर्ष गर्नुपर्छ । त्यहि संघर्ष गरेर कमाएको पैसाले गाउँपालिकाको बृद्धि र विकासको लागि खर्च गर्नु पुन्यको काम हो । यो कामलाई पालिकाले सधै स्मरण गर्नेछ" उनले भने, सोही अवसरमा वडाअध्यक्ष बालकृष्ण सेर्मा, शिक्षक, अभिभावक, विद्यार्थी राजनीतिक दलका प्रतिनिधि लगायतले सेर्माको प्रसंशा गरेका थिए ।