भोजपुर । भोजपुर उद्योग बाणिज्य सङ्घ घोरेटार शाखाको नवौँ साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । शाखाको तेश्रो अधिवेशन हतुवागढी गाउपालिकाको घोरेटार बजारमा सम्पन्न भएको हो ।

शाखाको अधिवेशनबाट भिम बहादूर प्रधान अध्यक्षमा सर्ब सम्मत निर्वाचित भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, द्वितिय उपाध्यक्षमा प्रकाश बस्नेत, महासचिवमा प्रलाद थापा, सचिवमा सिताराम श्रेष्ठ र कोषाध्यक्षमा सबिता सुवेदी चयन भए ।

सदस्यहरुमा भने युवराज राई, रबिन थापा बगाले, राज कुमार राई, धनकुमारी राई, रमेश बस्नेत, आशामाया राई, दिगो थुलुङ, झुमा उदास शाक्य र रामकुमार योञ्जन चयन हुनु भएको नव निर्वाचित अध्यक्ष प्रधानले बताए । निर्वाचित कार्य समितिको पहिलो पूर्ण बैठकले सुजन श्रेष्ठ र सर्मिला श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।

उद्घाटन कार्यक्रममा भोजपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले नियम अनुसार आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवासायीलाई आग्रह गरे । व्यापार ब्यवसायलाई कानुनको दायरामा ल्याएर नियम अनुसार ब्यवसाय सञ्चालन गर्न जरुरी रहेको उन्को भनाई छ ।

अध्यक्ष मोक्तानले करका बिषयमा पनि प्रष्ट हुन जिल्लाका ब्यवसायीलाई सुझाव दिएका छन् । हतुवागढी गाउँपालिका भित्रका ब्यवसायीहरुलाई कानुनी दायरामा ल्याएर व्यावसाय सञ्चालन गर्न भुमिका निर्वाह गरेको भन्दै उनले घोरेटार शाखालाई धन्यवाद समेत व्यक्त गरे ।