श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ३० गते बिहीबार, १५ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको पञ्चमी तिथि ११ः२३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी ०८ः२४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानीले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारी बढे पनि हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिन्छ । कर्जा र उधारो व्यापारमा चनाखो रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित काममा फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भैपरी आउने समस्याले फजुल खर्च बढाउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। विवादबाट टाढा रहनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बलजफ्ती गर्ने बानीले आफैलाई अप्ठ्यारोमा पार्न सक्छ। ईष्र्या गर्नेहरूले दुःख दिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजन प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कार्यक्षेत्रबाट विशेष लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारबाट फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइएला।