सङ्खुवासभा । जिल्ला अस्पताल खाँदबारीमा कार्यरत कर्मचारीलाई कुट्पिट गरेको आरोपमा सोहि अस्पतालका हेल्थ असिस्टेन्ट (एचए) तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा कार्यरत दुई कर्मचारीलाई अन्धाधुन्दा क्वाटरमा नै आएर हातपात गरेका थिए ।
कर्मचारी माथि कुट्पिट गरेको आरोपमा बुधबार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए । पिडितले मंगलर राती दिएको उजुरिका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी गोदारले बताए ।
पक्राउ परेका एचए श्रेष्ठले अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियार र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा कुटपिट गरेको अस्पताल सुचना अधिकारी खत्रीले जानकारी दिए । खत्रीले भने– ‘हामी साँझ खाना खाएर अस्तालकै क्वाटरमा बसि रहेका थियौ एक्कासी कोठामा आएर दिपेश श्रेष्ठले म र धिरज रौनियार सरलाई आक्रमण गर्नुभयो ।’
उनले प्रहरी कन्ट्रोल १०० मा कल गरेपछि प्रहरी घटनास्थलमा प्रहरी आएका थिए । प्रहरी आइपुग्दा श्रेष्ठ भने भागि सकेको थियो । रातभरि सम्पर्क बाहिर रहेका उनलाई विहान खाँदबारीबाटै नियन्त्रणमा लिएको थियो । कुट्पिट पछि अस्पतालका कर्मचारीसहित गएका पिडित रौनियार र खत्री तत्काल जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गराउन गएका थिए ।
कर्मचारीले कर्मचारीलाई नै गरेको आक्रमण निन्दनिय भएको भन्दै आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने पिडितको माग छ । तर अस्पताल व्यवस्थापन समितिका केही पदाधिकारीहरुले किटानी जाहेरी नगर्न दवाव दिएको पिडितहरुले बताए ।
समितिका केही पदाधिकारी घटनालाई बाहिरै मिलाउन लागि परेका छन् । श्रेष्ठ पक्षका समिति पदाधिकारी घटना सामान्य रहेको भन्दै घटना ढाकछोपतर्फ केन्द्रित भएको पिडितको गुनासो छ । घटना बारे अस्पताल प्रशासन र अस्पताल व्यवस्थान समिति समेत मौन रहेको छ ।
घटनाको बास्ताविकता बुझ्न बुधबार नेकपा९एमाले० सङ्खुवासभा अध्यक्ष जीतबहादुर घिमिरे सहितको टोलीले अस्पताल प्रमुख र कर्मचारी छलफल गरेको छ । बास्तविकता पहिचानगरि पिडित पक्षलाई न्याय दिनु पर्ने अध्यक्ष घिमिरे बताए । व्यक्तिगत स्वार्थमा अस्पतालको छवि विगार्न नहुने उनको भनाई छ । सेवामुखी अस्पताल लाई स्वार्थमुखी बनाउन नहुने घिमिरे बताउँछन् ।
यस अघि पनि श्रेष्ठले कर्मचारीहरुलाई पटक पटक हातपात गरेको आरोप थियो । तर सबै घटना अस्पताल भित्रै मिलाउने गरेको कर्मचारीहरु बताउँछन् । लामो समय देखि स्थानिय कर्मचारीको प्रभावमा रहेको जिल्ला अस्पतालमा बाहिरबाट आएका कर्मचारी दवावमा बस्नु बाध्यता रहदै आएको कर्मचारीहरुको गुनासो छ । चार बर्ष देखि प्रमुख भएका श्रेष्ठले केहि दिन अघि मात्र प्रशासन प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएका दिए ।
आक्रमण गर्ने श्रेष्ठलाई नियन्त्रमा लिएर घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कर्मचारी माथी आक्रमण भएपछि मंगलबार साँझ अस्पतालको सेवा समेत प्रभावित भएको थियो । कर्मचारी माथि आक्रमण भएपछि डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमा त्रास फैलिएको एक कर्मचारीले बताए । आक्रमणको खबर डाक्टर र अन्य अधिकांस कर्मचारीमा अस्पताल बाहिर थिए ।