विषय प्रवेशः
यसपालि चुनावी पर्वको वर्ष । स्थानीय सरकारको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भइसकेको छ । आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरिरहेको छ । यता विभिन्न राजनैतिक पार्टीहरूले पनि आ–आप्mनै दाउमा चुनावी गठबन्धनको रणनीति बनाइरहेका छन् । उम्मेदवार छनौटलगायतका सबैखाले तयारीहरू भइरहेका छन् । व्यक्तिगत रूपमा स्वतन्त्र व्यक्तिहरूले पनि भकाभक उम्मेदवारी घोषणा गरिरहेका छन् अर्थात् चुनावी सरगर्मीले राष्ट्रिय राजनीतिक माहौल नै तताइरहेको छ ।

निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी गर्दै छ । यता राजनैतिक पार्टीहरू पनि कसरी परिणाम आप्mनो पक्षमा पार्ने भनेर अन्तिम कसरतमा देखिन्छन् । स्वतन्त्रहरूले पनि भटाभट उम्मेदवारी दिन थालेका छन् । सबै वर्ग, समुदाय, पेशा, व्यवसायीहरूमा समेत एकाएक चुनावी महŒवाकाङ्क्षा जागेको देखिन्छ । सबैको मुखमुखमा चुनावी चर्चा छ । सबै चोक चोकहरूमा यसैको हल्ला छ  । यो पार्टी र त्यो पार्टी, यो नेता र त्यो नेता अनि यस्तो र उस्तो जस्ता नाना थरीका विश्लेषण, संश्लेषण र टिप्पणीहरू भइरहेका छन् । तर, भोट हाल्ने राजनैतिक आधारहरू के के हुन् ? भोट किन दिने ? कसलाई दिने ? के को लागि दिने ? कुन पार्टी र नेतालाई भोट हाल्दा हाम्रो समाजले अग्रगामी गति पैदा गर्दछ भन्ने सन्दर्भमा कहीँकतै ठोस बहस र छलफल भएको देखिँदैन । यही अमूर्त चुनाव, अमूर्त नारा अनि अमूर्त भिजनको अमूर्त आहालमा अग्रगामी र पश्चगामी लगायतका सबै शक्तिहरू डुबिरहेका छन् । यस्तो रवैयाले सत्य–तथ्यलाई बुझ्न सकिँदैन । सत्यलाई नबुझी लक्ष्यमा पुगिँदैन ।

दृष्टिकोणः
दृष्टिकोण पनि सही र गलत हुने गर्दछ । भोट हाल्ने सबैभन्दा महŒवपूर्ण आधार भनेको कुनै पनि पार्टी वा व्यक्तिले अङ्गीकार गर्ने सही राजनैतिक दृष्टिकोण हो । निश्चित सिद्धान्त र विचारद्वारा निर्देशित वैज्ञानिक मान्यता नै दृष्टिकोण हो । विद्यमान समाजमा दृष्टिकोणहरू धेरै छन् । यसमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी दृष्टिकोणहरू पर्दछ । राजावादीहरूले पश्चगामी, लोकतन्त्रवादीहरूले यथास्थितिवादी र साम्यवादीहरूले अग्रगामी दृष्टिकोणहरूको प्रतिनिधित्व गर्दछ । तर, आज नेपालमा सबै पार्टीहरूको एकल कार्यदिशा जसरी पनि संसदीय चुनाव वरिपरि केन्द्रित भएको हुँदा दृष्टिकोणीय भिन्नताको लक्ष्मणरेखाहरू मेटिँदैछ । यो केवल अङ्कगणित बढाउने औसत साम, दाम, दण्ड र भेदको नीतिमा सीमित हुँदै छ । परिणामतः अग्रगामीहरू पनि जसरी पनि चुनाव जित्ने नाममा भ्रष्टीकरण हुँदै छन् । उनीहरू पनि उस्तै चुनावी कर्मकाण्डमा रुम्मल्लिएका छन् । साम्यवादीहरूलाई पनि पश्चगामी र यथास्थितिवादीहरूसँग एउटै फुर्लुङमा कोचेर व्यवहारतः उही त रहेछ भन्ने भाष्य निर्माण गरिएको छ । यसले साधारण मतदाताहरूमा भ्रम पैदा गरिदिएको छ । परिणामतः परिवर्तनशील पक्ष कमजोर भइरहेको छ भने यथास्थितिवादी र पश्चगामी तत्वहरू हावी हुने सिलसिला बढ्दो छ ।

यस्तो वस्तुगत धरातलमा सही दृष्टिकोण मर्दै जान्छ भने औसत टिपन–टापन मान्यता स्थापित हुन्छ । यसो भएपछि सही दृष्टिकोणीय जनमत खस्किँदै जान्छ । मतदाताहरू घट्दै जान्छन् । परिणामतः आज यो वा त्यो स्वार्थगत चलखेल, बहानाबाजी, शक्ति, प्रलोभन, प्रभाव र भ्रमको कारण मतदाताहरू गलत निर्णय गर्न बाध्य छन् । कतिपयले जानीजानी भने कतिपयले नजानेरै यस्तो गरिरहेका छन् । गलत र असान्दर्भिक हुँदाहुँदै पनि राजावादी र हिन्दुवादीहरूप्रति झुकाव राख्नु यसैको परिणाम हो । चुनाव जित्ने पार्टीगत र व्यक्तिगत स्वार्थमा ठूला राजनैतिक पार्टीहरूसमेत यसैको पछि लाग्नु अर्को आश्चर्य देखिन्छ । यसले राजा र हिन्दु धर्म वरिपरि रहेको कमलो भावनामा संवेदनात्मक खरिदबिक्री गर्दै चुनाव जित्ने अवस्था सिर्जना गरे पनि उन्नत समाज बनाउने सपना अधुरै हुनेछ, जुन सबैभन्दा महŒवपूर्ण पक्ष हो । यसकारण कसैको भ्रमपूर्ण बहकाउमा नलागी अग्रगामी दृष्टिकोणलाई रोज्नु सचेत मतदाताहरूको कर्तव्य हो ।

गणतन्त्रः
आन्दोलनको विविध प्रक्रियाबाट आज नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । यसका लागि नेपाली जनताले ठूलो त्याग र बलिदानको कोटा चुक्ता गरेका छन् । गणतन्त्र हाम्रो अर्थ राजनीतिक चरित्र बनिसकेको छ । यो राजतन्त्र र संवैधानिक प्रजातन्त्रभन्दा उन्नत शासन प्रणाली हो । वस्तुतः गणतन्त्र विना समाजवादमा सङ्क्रमण सम्भव हुँदैन । हाम्रो संविधानमा समेत समाजवाद उन्मुख राज्यव्यवस्था भनेर उल्लेख गरिएको छ । यद्यपि समाजवाद संविधानको धारा उपधारामा लेखेर आउँदैन । तर, आज यति धेरै हैरानी र दुःखबाट प्राप्त गणतन्त्र माथि चौतर्फी प्रहार हुन थालेको छ । गणतन्त्र विरोधीहरू पनि अरूले भन्दा बढी खरानी धसेर चुनावी दौडमा उत्रिएका छन् । अरू परिवर्तनकारी शक्तिहरूले पनि उल्लेख्य काम गर्न नसकिरहेको वस्तुगत परिवेशमा उनीहरूले उल्टै जनतालाई यो वा त्यो बहानामा भावनात्मक खरिदबिक्री गरिरहेको छ । जनअपेक्षा अनुसार काम नभइरहेको सन्दर्भमा यस्तो संवेदनात्मक कुराले जनतालाई भ्रमित त पार्ला तर, राष्ट्रिय राजनीतिले सही निकास पाउँदैन ।

पछिल्लो समय पश्चगामी तत्वहरूले गणतन्त्र विरुद्ध यो वा त्यो रूपहरूमा भ्रम र अफवाह पैmलाइरहेका छन् । बहुदलीय प्रणालीमा सबैले राजनीतिमा सहभागी हुन पाइन्छ । यो स्वभाविक कुरा हो । तर, गणतन्त्रवादीहरूको उन्नत विकल्प हामी नै हौं भने जसरी प्रस्तुत हुनु सङ्गतिपूर्ण हुँदैन । किनकि सार्वभौमतः गणतन्त्रको उन्नत राजनैतिक विकल्प समाजवाद हो न कि राजा र हिन्दुवाद होइन । तर, राजावादी वा हिन्दुवादीहरू गणतन्त्रवादीहरूको विकल्प हौं भन्दै हल्ला गरिरहेका छन्, जुन विडम्बनापूर्ण हर्कतबाहेक अरू केही होइन । उनीहरूलाई पनि पालो गराएर सत्तामा पु¥याउने कुरासम्म सही होला । तर, हाम्रो राजनीतिक समस्या पालो नपुगेर मात्र सिर्जना भएको होइन । सबैलाई पालो वा भागशान्ति पु¥याउँदा जनताको अधिकार सुनिश्चित हुने पनि होइन । तसर्थ आगामी निर्वाचनमा विभिन्न भ्रम र प्रलोभनमा परेर गणतन्त्र विरोधीहरूलाई मतदान गर्नु भनेको इतिहासको पाङ्ग्रालाई उल्टो घुमाउनु बराबर हो । यसकारण खाटी राजावादी र उसैको मतियार बनिरहेका अन्य राजनैतिक पार्टीलाई भोट हाल्नु भनेको पश्चगामी दलदलमा फस्नु हो । तसर्थ इतिहास, वर्तमानको समीक्षासँगै अनि भविष्यलाई नियाल्दै सचेततापूर्वक असली गणतन्त्रवादी शक्तिलाई भोट हाल्नुको अर्को विकल्प छैन ।

सङ्घीयताः
हामी सङ्घीयता अभ्यासको नयाँ प्रक्रियामा छौं । यद्यपि यसको अन्तरवस्तु भने आन्दोलनको सारभूत लक्ष्य र जनचाहना अनुरूप गठन भएको देखिँदैन । यसलाई लगभग भौगोलिक र प्रशासनिक सङ्घीयतामा कुण्ठित गरिएको छ । राजनैतिक अन्तरवस्तु कमजोर भएको सत्ताले समाजमा गुणात्मक प्रभाव र पकड कायम राख्दैन । यही वस्तुगत सच्चाइको कारण आज खर्चको बहाना देखाउँदै यसको खारेजीसम्मको बहस हुन थालेको छ । यो सङ्घीयताको न्यूनतम् मर्म, भावना र आवश्यकता नबुभ्mनेहरूको जन्मजात भनाइ हो, जसको राजनैतिक शब्दकोशमा सङ्घीयता भन्ने शब्द नै थिएन । योसँगै भ्रमित र प्रभावित मतदाताहरूमा अन्तरनिहीत वैचारिक राजनीतिक दरिद्रता, न्यूनतम् सचेतनाको अभाव र स्वार्थको कारण पनि सङ्घीयता विरोधीहरूले टाउको उठाउन थालेको देखिन्छ ।

यस्तो परिवेशमा तमाम् मतदाताहरूले सङ्घीयता पक्षधर पार्टीलाई भोट हाल्नु भनेको सङ्घीयताको संस्थागत विकास गर्नु हो । यसलाई परिमार्जन, रूपान्तरण र परिणाममुखी बनाउनु हो । पहिचानलाई स्थापित गराउनु हो । बहुसङ्ख्यक आधारभूत वर्ग र समुदायहरूले आधारभूत अधिकार उपभोग गर्ने परिचय नै पहिचान हो । यता सङ्घीयता विरोधी पार्टी वा नेतालाई भोट दिनु भनेको सङ्घीयतालाई नामेट गर्नु हो । जनताका प्राप्त हक अधिकारहरूलाई खोस्नु हो । पहिचानलाई जातीय रङ भर्नु हो । उन्नत र न्यायपूर्ण शासन व्यवस्थाको ढोका बन्द गर्नु हो । यो वा त्यो रूपको केन्द्रीकृत एकात्मक शासनको पक्षमा उभिनु हो । यसकारण तपाईं हामीले जन्मजातै सङ्घीयता पक्षधर पार्टीलाई मतदान गर्न जरुरी छ ।

समानुपातिकः
आवधिक निर्वाचन लोकतान्त्रिक पद्धतिको सौन्दर्य हो । यद्यपि आज सिङ्गो निर्वाचन प्रक्रिया विकृत र विसङ्गतिपूर्ण बन्दै गइरहेको छ । यो असाध्यै खर्चालु र आडम्वरी बनिरहेको छ । निर्वाचन प्रक्रियाको यस्तो स्वरूपले लोकतन्त्रमाथि नै प्रश्नचिन्ह उब्जिरहेको छ । यस्तो आडम्बरी, विकृत र खर्चालु चुनावमा सबै वर्ग, समुदाय, क्षेत्र, लिङ्गका मानिसहरूको समान सहभागिता सम्भव हुँदैन । यही तथ्यलाई आत्मसात गर्दै तत्कालीन नेकपा माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गरेको हो । तर काङ्ग्रेस, एमालेलगायतका पार्टीहरूको अड्डी कसाइको कारण पूर्ण समानुपातिक प्रणाली संविधानमा दर्ज गर्न सकिएन । तब बल्लतल्ल मिश्रित निर्वाचन प्रणालीको अभ्यासमा छौं ।

समानुपातिक निर्वाचन प्रणालीको आधारभूत सिद्धान्त भनेको पहुँच हुने र नहुने सबै वर्ग, समुदाय, क्षेत्र र लिङ्गको समेत शासन सत्तामा समान पहुँच संस्थागत गर्ने भन्ने हो । यो समान र न्यायिक पद्धति हो । प्रत्यक्ष निर्वाचन पद्धति जसको शक्ति उसैको मस्तीमा आधारित हुन्छ । यो गैरन्यायिक र असमान निर्वाचन पद्धति हो । आज नेपालमा माओवादीले समानुपातिक निर्वाचन पद्धतिलाई आन्दोलनको रूपमा विकास गरेको थिएन भने कैयौं उत्पीडित वर्ग, क्षेत्र, समुदाय र लिङ्गका मानिसहरूको सहभागिता विरलै हुने थियो । यहाँसम्म कि त्यो हैसियतमा पुग्छु भनेर जीवनमा कहिल्यै कल्पना पनि नगरेकाहरू आज एकाएक सांसद् र मन्त्रीलगायतका प्रतिष्ठित सार्वजनिक पदमा विराजमान भइरहेका छन् । यो खुसीको कुरा हो । यही वस्तुगत यथार्थलाई मनन् गर्दै आधारभूत मतदाताहरूले समानुपातिक सिद्धान्तका जननी पार्टीलाई भोट हाल्नु सही हुन्छ । अन्यथा राजनीति यस्तै औसत यथास्थितिकै परिणामविहीन गोलचक्करमा घुमिरहनेछ ।

समावेशीः
कुनै खास समाजको कुनै पनि किसिमको सत्ता संरचना वा संस्थाहरूमा सवै वर्ग, जाति, क्षेत्र, लिङ्ग र सिमान्तीकृत समुदायहरूको उपस्थिति सुनिश्चित गराउनु नै समावेशिता हो । यसले अन्याय र विभेदलाई मान्दैन । यो न्याय र समानता वा समान सहभागिताको सिद्धान्तद्वारा निर्देशित प्रणाली हो । यसले सन्तुलित सहभागितासँगै सन्तुलित र एकरूपतामा आधारित समाजको परिकल्पना गर्दछ । मूलतः समावेशी सिद्धान्तको आन्दोलनकर्ता पनि तत्कालीन माओवादी नै हो । यो पद्धतिले शक्ति, पहुँच, प्रभाव, प्रतिष्ठा, सम्पर्क र बहुमत नहुनेहरूको समेत सक्रिय उपस्थिति सम्भव गराइदिएको छ । यो गौरवपूर्ण पक्ष हो । आज यही प्रणालीकै कारण शासन सत्तामा नितान्त विपन्न र अल्पसङ्ख्यकहरूको पनि एकाएक पहुँच र सहभागिता बढेको छ । त्यसैले समावेशितालाई न्यूनतम् मान्यता स्वीकार गर्ने पार्टी वा नेताहरूलाई भोट हाल्नु हाम्रो कर्तव्य हो । तब मात्र राजनीतिले अभैm अग्रगामी कोर्ष जारी राख्नेछ ।

निष्कर्षः
त्यसैले हामीले सही ठाउँमा मतदान ग¥यौं भने नभएको चिज पनि प्राप्त गर्न सकिन्छ । गलत ठाउँमा ग¥यौं भने भएको पनि गुम्नेछ । किनभने तपाईं हाम्रो एक मतमा मुलुक बन्ने र ध्वस्त हुने दुवै सम्भावना लुकेको हुन्छ । यसकारण हामी सबैले सचेत भएर सुझबुझसहित आप्mनो अमूल्य मतदान गर्ने गरौं । कसैको भ्रममा नपरौं । खोक्रो, उधारो र अमूर्त वाचा कसमहरूलाई विश्वास नगरौं । सही विचार, सिद्धान्त र दृष्टिकोणको आधारमा मतदान गरौं । वास्तवमा मुलुक बिगार्ने र सपार्ने, जनताका हित र अहित अनि अग्रगमन र पश्चगमनको सबै ढोका खोल्ने चाबी तपाईंहरूको अमूल्य मतमा निर्भर छ । चेतना होस् !