श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज २ गते आइतबार, १८ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको अष्टमी तिथि १६ः५४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा १५ः२९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा अरूको भर नपर्नु होला । रोकिएका काम दोहो¥याउनु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । आफन्तसँग मतभेद हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।