पछिल्लो दशकयता पत्रकारिता क्षेत्रका अगाडि समस्याहरूको चाङ लागेको छ । वास्तवमै यो समय पत्रकारिता क्षेत्रका लागि फलामको चिउरा चपाए सरह छ । विशेषगरी विश्वलाई नै गाँजेको कोरोना महामारीले पत्रकारिताको छापा माध्यमलाई समस्यामा पारिदिएको छ । कोरोना महामारीका समयमा इतिहासमै पहिलोपटक धेरै छापा माध्यम लामो समय बन्द रहे । सूचना प्रविधिको विकाससँगै पाठकहरू छापा माध्यम बन्द भएको समयमा इन्टरनेटतिर सक्रिय भए । त्यसले पाठकको रुचिमा बदवाल ल्याइदियो । कोरोना महामारीबाट पूर्णरूपमा पार पाइनसक्दै विश्वमा बढ्दो आर्थिक मन्दीले पनि पत्रकारिता क्षेत्रलाई ठूलो असर पा¥यो । नेपालजस्तो देशमा सञ्चार माध्यम टिक्ने भनेकै विज्ञापनको भरमा हो । देशमा मात्र होइन, विश्वमै आर्थिक मन्दी बढेपछि उद्योग, कलकारखाना पनि पहिलेको अवस्थामा रहेनन् । उद्योगधन्दा आफै धरासायी भएपछि उनीहरूले आफ्ना उत्पादनको विज्ञापन पनि पहिला जसरी गर्न सकेनन् । त्यसमाथि सूचना प्रविधिको विकाससँगै विज्ञापन गर्ने माध्यमहरू धेरै भए । पहिला जसरी छापा, रेडियो र टेलिभिजन मात्र होइन, अहिले सहरका घरैपिच्छेजस्तो खुलेका अनलाइन माध्यम र विभिन्न सामाजिक सञ्जालहरूमार्फत्विज्ञापन छरियो । यसको सबैभन्दा बढी मार छापा माध्यमलाई पर्न गयो । त्यसैले पछिल्लो समय छापा माध्यमहरू टिक्नै ठूलो कुरा भएको छ ।
नेपालमा सरकारको सञ्चारसम्बन्धी अस्पष्ट नीतिका कारण पनि सञ्चार क्षेत्र धरासायी बनिरहेको छ । त्यसमाथि छापा माध्यमको महŒवलाई सरकारी तवरबाटै नजरअन्दाज गरिँदा सङ्कट आइपरेको छ । छापा माध्यम अभिलेखीकरणका लागि महत्वपूर्ण छ । यो सङ्ग्रहणीय पनि हुन्छ । अर्थात् छापा सञ्चार माध्यमले वर्तमानमा पाठकलाई सचेत गराउने मात्र होइन, भविष्यका लागि इतिहास पनि सुरक्षित गरिरहेको हुन्छ । त्यसले दशकौंपछिसम्म पनि नयाँ पुस्तालाई अहिलेको समाजबारे अवगत गराउन सक्छ । त्यसअर्थमा यो महŒवपूर्ण माध्यम हो । तर, यसलाई संरक्षण गर्न सरकारी तवरबाट पहल भएको पाइँंदैन । त्यसको परिणाम स्वरूप धेरै छापामाध्यम बन्द भइसकेका छन् भने अरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । छापा माध्यमलाई जोगाइराख्नु आम पाठकदेखि सरकारसम्मको दायित्व हो । तर, सरकारले छापा माध्यम जोगाउने नीति लिएको पाइँंदैन । छापा माध्यमको महŒव तत्काल नदेखिए पनि भविष्यसम्म यसको महत्व उत्तिकै रहनेछ ।
यही चुनौतीपूर्ण उकाली ओरालीहरू पार गर्दै ब्लाष्ट टाइम्स दैनिक २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं वर्षको जवान बनिरहँदा ब्लाष्टले धेरै हण्डर, ठक्कर खाएको छ । तर, यसले सधैँ पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूको साथ सहयोग पाएको छ । यही साथ सहयोगकै कारण हो, ब्लाष्ट निरन्तर अहिलेसम्मको अवस्थामा आइपुगेको छ । वर्तमान सङ्कटपूर्ण घडीको सामना गर्दै अझै अघि बढ्न पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूको उत्तिकै साथ सहयोग आवश्यक छ । यसका लागि हामी सबै मिलेर हातेमालो गरौं । ब्लाष्टको २८ औं वर्ष प्रवेश ब्लाष्ट एक्लैको मात्र सफलता होइन, सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाताहरूको साथ सहयोगको परिणाम पनि हो । त्यसैले यो अवसरमा तपाईंहरू सबै धन्यवादसँगै बधाईका पात्र हुनुहुन्छ । हामी निरन्तर यस्तै साथ सहयोगका साथै सबैबाट सल्लाह, सुझावको निरन्तर अपेक्षा गरिरहन्छौं ।