श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ३ गते सोमबार, १९ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। असोज कृष्णपक्षको नवमी तिथि १९ः२१, बजेसम्म उप्रान्त दशमी, नक्षत्र आद्र्रा १८ः२७ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि केही रकम खर्च हुनेछ र आफ्ना लागि दिगो काम प्रारम्भ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । प्रयत्न गरे यात्राको प्रक्रिया अघि बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले हौसला प्रदान गर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा धनलाभ हुनेछ ।