श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ४ गते मङ्गलबार, २० सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको दशमी तिथि २१ः४४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुनर्वशु २१ः२२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः५१ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनले रमाइलो अनुभूति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वासको कमीले पछि परिएला। काममा हड्बड गर्नाले समस्यामा परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ईष्र्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्नाले आर्थिक कठिनाइ हुनसक्छ। विवादले व्यर्थैमा मान हानि गराउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको श्रमबाट पछिलाई लाभ हुनेछ । गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा धनलाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारबाट विशेष फाइदा उठाउन सकिनेछ । निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ।