श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ५ गते बुधबार, २० सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको एकादशी तिथि २३ः५२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुष्य भोलि ००ः०२ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ५ः५१ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म–कर्म तथा परोपकारमा प्रवृत्त भइएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गरे लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धनमाल गुम्न सक्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अर्थ अभावले सताउन सक्छ। अरूको विवादमा मुछिनाले समस्या आइपर्ला।