विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो ।
डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको कविता संग्रहका पुस्तक विमोचन गरिएको हो ।
विमोचन गरिएको कविता संग्रहमा डा. रोकाको १०८ वटा कविता समेटिएका छन् । डा. रोकाद्वारा लिखित कविताहरु अङ्ग्रेजी भाषामा छन् । डा. रोकाले यसअघि पनि कविता संग्रहका दुई पूस्तक निकालिसकेका छन् । कविता संग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको उनले बताए । कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदुषण र नेपाली राजनीति सहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले बतए ।
डा. रोकाले हालसम्म साढे ८ सय बढी कविताहरु लेखिसकेका छन् । उनीद्वारा लिखित कविताहरुमा जीवनको यर्थाथ चित्रण गरिएको छ । मानव जीवनलाई उल्टो दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने सन्देश उनको कविताले दिएको पाईन्छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्कृतिविद तुलसी दिवसले डा. रोकाको कविताले आफ्नो मौलिकता झल्काएको बताए । डा. रोकाले मौलिकतालाई आफ्नो ढंगबाट विकास गर्ने प्रयास कविताको माध्यमबाट गरेको उनको भनाइ थियो ।
डा. रोकाको कविता संग्रहले कवितामाथिको गहिरो चिन्तनमाथि नयाँ सोचको शुभारम्भ गरेको बताईएको छ । समाजको विरोधाभासपूर्ण शैलीलाई डा. रोकाले आफ्नो कविताहरुमा सरल ढंगले व्याख्या गर्न खोजेको पाईन्छ ।
बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने डा. रोकाले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ यसअघि बजारमा ल्याइसकेका छन् । डा. रोका समाजसेवा पनि सक्रिय छन् । दुरदराजका बालवालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले उनले जन्मस्थल बाग्लुङको स्कूललाई सहयोग गर्दै आएका छन् ।