श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज २५ गते मङ्गलबार, ११ अक्टोबर २०२२, नलनाम संवत्सर। असोज शुक्लपक्षको द्वितीया तिथि भोलि ०१ः४८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी १६ः३३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रमसमेत खर्च हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावहारिक समस्याले काम रोकिन सक्छ। अर्थ अभाव देखिए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिलो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । व्यापार बढ्नाले आयस्रोत सबल बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो यात्राको साइत जुर्नेछ । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको सहयोग जुट्नाले जोस–जाँगर बढ्नेछ । मिहिनेतले फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ।