पर्यटनको परिभाषा:
पर्यटन भनेको दृष्टि (आँखा) हो । दृष्टिविहीनहरूलाई सायद पर्यटनको कुनै महŒव नहोला । त्यसबाहेक अन्य सबै मानिसका लागि जीवनमा दृश्यावलोकन गरेर आनन्द लिने इच्छा हुन्छ । कुनै पनि मानिसका लागि आफ्नो दैनिक जीवनमा देखिरहेको सामान्य गतिविधिभन्दा फरक असाधारण वस्तु, गतिविधि कार्यक्रम, दृश्यहरू देखिन्छ, जो हेर्नलायक र अचम्मको हुन्छ, त्यो दृश्य नै पर्यटन हो । पर्यटन आविष्कार गरिएको होइन, विकास गरिएको वस्तु हो । यो मानिसको जीवनमा नभई नहुने अत्यावश्यक वस्तुमा पर्दैन । यो श्रम, व्यस्तता, अभाव, गरिबी, चिन्ता, दुःखबाट उठेर फुर्सद, सम्पन्नता, शान्त अवस्थामा चाहिने साधन हो ।
– भूगोलको आधारमा पर्यटनलाई दुई भागमा बाँडिन्छ :
 (१) आन्तरिक पर्यटन (२) वैदेशिक पर्यटन
– पेशा, व्यवसाय, कार्यक्रमका आधारमा हुनजाने पर्यटनहरू :
१. स्वास्थ्य उपचारको गन्तव्य
२. शैक्षिक हबको गन्तव्य
३. व्यापार मेलाको गन्तव्य
४. खेल मनोरञ्जनको गन्तव्य
५. साङ्गीतिक कार्यक्रमको गन्तव्य
६. सामाजिक, राजनीतिक भेला सम्मेलन
७. धामिक, चाडपर्व, सांस्कृतिक महोत्सव
८. चिडियाखाना वा Zoological Park
९. राष्ट्रिय महत्वको विशाल भौतिक संरचना
१०. दुर्लभ यातायातको मनोरञ्जन
११. साहासिक खेल मनोरञ्जन
१२. यौन पर्यटन
१३. आर्ट ग्यालरी निर्माण
१४. अन्य विविध पर्यटन 

१. आन्तरिक पर्यटनः
आन्तरिक पर्यटन भन्नाले एउटै आफ्नै देशभित्रका नागरिकहरू दृश्यावलोकन गर्न आउँछन् भने त्यो आन्तरिक पर्यटन हो ।
२. वैदेशिक पर्यटनः
आफ्नो देशबाहिरका छिमेकी देशहरू वा अन्य धेरै टाढाका देशका नागरिकहरू आफ्नो देश भ्रमण गरेर, खर्च गरेर प्राकृतिक तथा भौतिक दृश्यहरूको मनोरञ्जन गर्न आउनेलाई वैदेशिक पर्यटक भनिन्छ । धरानमा हालसम्म राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको गन्तव्य नभएकोले राष्ट्रिय पर्यटन र त्यसको उचाइ र व्याख्या गरिएन । साथै पेशा, व्यवसाय घुम्न हेर्न मात्र आउने तर, पैसा खर्च नगर्नेलाई पर्यटक भन्नु हँुदैन । आम्दानी नहुने रमाइलो दृश्य निर्माणले मनोरञ्जन मात्र हुन्छ, पर्यटन हुँदैन । त्यो पर्यटन होइन । जस्तैः धरान नगरपालिकाले गर्दै आएको भौतिक पर्यटकीय दृश्यहरू दन्तकाली भ्यूटावर, सर्दु खोलाको बीपी पार्क, सप्तरङ्गी पार्क, वडा नं.३ को माछाभौडी चिल्ड्रेन पार्क, वडा नं.४ को मनमोहन स्मृति पार्कहरू दृश्यावलोकन गर्दा पैसा लाग्दैन तर, इटहरीमा भएको सबै गन्तव्य हेर्न जाँदा शुल्क(पैसा) तिर्नुपर्छ । जस्तैः तालतलैया, गोकुलम रिसोर्ट र अन्य दुई निजी रिर्सटहरू शुल्क तिरेर मात्र प्रवेश पाइन्छ र प्रशस्त आम्दानी भएको छ ।

धराननगरीमा पर्यटनको सम्भावनाः
आन्तरिक पर्यटनको लागि धरानमा प्रशस्त प्राकृतिक, अर्ध प्राकृतिक र कृत्रिम सम्भावना छन् । अन्तर्राष्ट्रियस्तरको पर्यटनको पनि राम्रो लगानी गर्न सक्दा पूर्वाधारहरू छन् । जस्तैः प्राकृतिकः धरान पहाडी धरातल हुँदै तराईसमेत भएकोले साथमा ठूलो जङ्गल दायाँ–बायाँ खोला केही पर सप्तकोशीजस्तो ठूलो नदी भएकोले र केही पर ठूलो सिमसार वन्यजन्तु आरक्षण क्षेत्र पनि भएकाले पर्यटनको लागि पूर्वाधारयुक्त दृश्यहरू छन्, जसलाई थोरैमात्र मोडिफाई गरी सुविधा प्रदान गर्नसके प्रशस्त पर्यटनको सम्भावना छ । यस्तो प्राकृतिक पूर्वाधार अन्य सहर र देशहरूसँग विरलै उपलब्ध हुन्छ । तर, हामीले यस्तो पूर्वाधारको सदुपयोग गर्न नजानेर वा नसकेर पर्यटकीय आम्दानी गर्न सकेका छैनौं । यस्तो धरानको आसपासको प्राकृतिक पूर्वाधारलाई मोडीफाई गरेर पर्यटकीय गन्तव्य निम्न प्रकारले बनाउन सकिन्छः

१. Rock Guarden: सर्दुखोलाको माथिल्लो भाग ट्रेकिङ रुट बनाएर दार्जिलिङ र बैङ्ककमा भएकोजस्तो रक गार्डेन बनाउन सकिन्छ । तर, बर्खाको बाढीलाई नियन्त्रण गरी खोलामा भएका ठूला–ठूला ढुङ्गालाई विभिन्न आकृतिमा कुँदेर स–साना खेल्ने पुल र पोखरी बनाए यो अत्यन्तै महत्वपूर्ण आम्दानीको स्रोत बन्न सक्छ भन्ने कुरा मनोरञ्जनका लागि वडा नं.१३ को पहलमा बनाइएको बीपी पार्क, फूल सजावटले देखाएको छ ।

२. फलफूल बगैँचाको पर्यटनः
धरानको उत्तरी भेग वा दक्षिणी तराईभेगमा फलफूलहरू जस्तैः धनकुटामा सुन्तला, एभोकाडोको समयमा तराईमा आँपको समयमा Package Tour अन्तर्गत प्रतिव्यक्ति १ केजी फलपूmलको मूल्य लिई बगैँचामै बसेर पेटभरि खान पाउने तर, झोलामा लान नपाउने अनि फाल्न नपाउने तरिकाले पनि पर्यटन हुन्छ ।

३. ग्रीनहाउस तथा Floweri culture निर्माणः १ नं. प्रदेशमा पाइने प्रायःजसो फूल तथा फूल वनस्पतिको Cactos, एउटै पूmलको विभिन्न प्रजातिको उद्यान Green House निर्माण गर्ने । यसको लागि आवश्यक विशेषताको मलिलो माटो धरानको अन्यत्रबाट ल्याउनु पर्दछ । धरान Tropical Mansoon Area मा पर्दछ । धरानमा मरुभूमि वातावरणको Dragonfruit पनि भएको छ । चिसो ठाउँको Avocard पनि फलेको छ । पानी प्रशस्त पर्ने ठिक्क न्यानो, ठूलो आँधिबेहरी र ठूलो असिना, पानी पहिलो, डुबानको समस्या खासै नहुने अनुकूल ठाउँ हो  ।  पुष्प व्यवसायीलाई थोरै तालिम दिने हो भने, स्रोत व्यवस्था  गरिदिने हो भने प्रशस्त सम्भावना छ । धरानलाई फूलै फूलको सहर बनाउन सकिन्छ । 

४. सप्तकोशीमा बोटिङः यो व्यवसायलाई अझ आधुनिकीकरण गर्न सकिन्छ । वर्षको सुख्खा याम कात्तिकदेखि जेठसम्म जलयात्रा हुन्छ । चतरादेखि त्रिवेणीसम्म जाँदा १ घण्टा आउँदा मन्दिर भ्रमणसमेत ३ घण्टाको ट्रिप गर्ने । घर जाने–आउने यात्रु बोक्ने होइन, घुम्न आउने प्याकेज टुर यात्रु १०–१५ जना यात्रु बोक्ने स्टिमर चाहिन्छ ।  धेरै वर्षदेखि सापटी व्यवसाय चलाएजस्तै हो ।

५. तराईमा भएका तालहरूको पर्यटनः इटहरीको तालतलैयाजस्तो ६४ बिगाहाको ताल र सिमसार बर्जु गाउँको बर्जुताललाई फूलैफूल र पर्यटकीय आकर्षण बनाउन लगाएर पर्यटक लोभ्याउन सकिन्छ ।

अर्ध प्राकृतिक पूर्वाधारः
माथि उल्लेखित प्राकृतिक पूर्वाधारलाई मोडिफाई गरेर पनि बनाइयो । अब मानिसले निर्माण गरेको ऐतिहासिक पूर्वाधारबारे धार्मिक मठमन्दिरहरू (क) पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, भताभुङ्गे दरबार, विष्णुपादुका आदि मन्दिरहरूलाई धार्मिक चाडबाडको अवधि लम्ब्याएर दक्षिण भारतको तिरुपति साइबाबाको पूजापट्टीजस्तो बनाउन सकिने सम्भावना छ । उपरोक्त मन्दिरहरूको आफ्नै प्राचीन विशेषता छ, जसलाई प्रचार गरिरहन पर्दैन तर, सुविधा सम्पन्न पूर्वाधारसहितको भीमकाय संरचना बनाउन सकिन्छ । एक मन्दिरबाट अर्को मन्दिरमा जाने व्यावसायिक घोडाको यात्रा व्यवसाय गराउन सकिन्छ । अझ थप मन्दिरदेखि मन्दिर जोड्ने बाटोको दुवै छेउ किनारामा Pavingfoot path, चिल्लो करिन ढुङ्गा वा Conceting Block को ३ फिट चौडामा फुटपाथ बनाउनु पर्दछ । साथै कुनै बाटो किनारामा सुगन्धित र राम्रा फूलहरू रोपाउनु पर्दछ ।

३. Artificial मानव निर्मित ऐतिहासिक पूर्वाधारः
Gurkha Army World Park:

धरान यस्तो ठाउँ हो, नेपालको जो अन्यत्र पोखरामा मात्र छ । ब्रिटिस आर्मी भर्तीकेन्द्र धरानले चर्चा पाएको यो ऐतिहासिक सहर हो । यो इतिहासलाई उपेक्षा गर्न होइन संसार थर्काउने गोर्खालीको बहादुरी प्रदर्शन गरेर नगद आम्दानी गर्ने राम्रो अवसर र माध्यम बनाउन सकिन्छ । नगरपालिकाको ६४ बिगाहा सप्तरङ्गीपार्कमा होस् वा BPKIHS  को जङ्गलभित्र २० बिगाहा जग्गा प्राप्त गरेर Gurkha Army World Park' नामकरण गरी बनाउन सकिन्छ । Gurkha Army World Park' मा गोर्खा भर्तीको ऐतिहासिक स्रोत ब्रिटिस भारत नेपालको त्रिदेशीय सन्धिको बारेमा । गोर्खाले प्राप्त गरेको, नेपाली सेनाले समेत अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको सफलता प्रथम तथा द्वितीय विश्वयुद्धको, फकलैण्डदेखि कारगिलसम्मको सफलता नेपाली शान्ति सेनाले अन्तर्राष्ट्रमा प्राप्त गरेको गौरव गाथा, आप्mनै देश विशाल नेपाल निर्माणमा गौरवशाली नेपाली सेनाले देखाएको पराक्रमको जीवन्त काहानीबारेमा Physical Statu निर्माण गरेरः usium बनाउने । ब्रिटिसले गोर्खालीलाई दिइने कठोर तालिमका सबै चरणहरुलाई हतियार, एयरक्राप्mटसमेत उपलब्ध गराई भौतिक संरचना नै निर्माण गराई पार्क बनाउन सकिन्छ ।

Victoria Cross पाउने योद्धाहरू र विश्व कीर्तिमान कमाउने योद्धाको जीवनी अहिले पनि गोर्खाली सेना विश्वका कहाँ कहाँ कुन देशले प्रयोग गरिरहेको छ । नेपाली शान्ति सेनाको अन्तर्राष्ट्रियको अवस्थावारे प्रदर्शनी गर्न सकिन्छ । यो निर्माण गर्नलाई नेपाल–भारत ब्रिटिसको सहयोगमा गोर्खा भू.पू.सैनिक सङ्गठनकै अगुवाइ र निजी लगानीसमेतको प्रयोगमा निर्माण गर्न सकिने ऐतिहासिक कदम हुनेछ यो आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रियस्तरको पर्यटन केन्द्र बन्नेछ र दीर्घकालीन हुनेछ ।
क्रमश...