श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज २६ गते बुधबार, १२ अक्टोबर २०२२, नलनाम संवत्सर। असोज शुक्लपक्षको तृतीया तिथि भोलि ०२ः१९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी १७ः२६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि हिम्मत गरे जटिल कामसमेत सम्पादन हुनेछ । मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारबाट प्रशस्त फाइदा हुनेछ । आजको दिन राम्रो रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगल्नाले कुनै अवसर गुम्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ । तर, आज अरूलाई दिने नभई भिœयाउने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। कामले नाम र दाम दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष योजना सार्वजनिक नगर्नु होला । मिहिनेतले काम पूरा हुन सक्ने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान–सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ।