विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् ।

बी टिच बीएड आइटी कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूले काठमाडौं विश्व विद्यालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् ।

यस कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले उक्त संस्थाले आयोजना गर्ने विभिन्न आइटीसम्बन्धी सेमिनार बुट क्याम्प तथा अभिमुखीकरणमा  सहभागिता जनाउनेछन् । यही असोज ३०, ३१ र कार्तिक १ गते धुलीखेलमा हुने छात्रवृत्तिसँगै प्रोजेक्टले आयोजना गर्ने तालिम र अभिमुखीकरणमा समेत सहभागी हुनेछन् । अभिमुखीकरणमा  सहभागी हुन विद्यार्थीहरू त्यसतर्फ जान लागेको कलेज प्रशासनले जानकारी दिएको छ ।

विभिन्न समयमा यस प्रकारका अवसरहरू आइरहने र यसका लागि विश्व विद्यालय र कलेजले निरन्तर काम गर्ने योजना रहेको क्याम्पसका अध्यक्ष विकास अधिकारीले बताए ।

काठमाडौं विश्व विद्यालयको नवीनतम् कोर्ष ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी, होटल म्यानेजमेन्ट (बीपिएच) कार्यक्रमका लागि समेत यस प्रकारको अवसरको लागि प्रयास भइरहेको कलेजले जनाएको छ । साथै दुवै कार्यक्रममा भर्ना हुन बाँकी विद्यार्थीहरूले यथाशीघ्र भर्ना भएर अवसरको लाभ लिन कलेजले आग्रह गरेको छ ।