४. मानव पूर्ण मानव निर्मित पर्यटनः
१. बहुजातीय सङ्ग्रहालयः यो नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको अगुवाइमा विजयपुरस्थित हात्तीसार क्षेत्रमा निर्माणाधीन अवस्थामा छ । भण्डै २०६८ देखि निर्माण सुरु भएको तत्कालीन उद्देश्यको लागत ३५ करोडको थियो तर, बजेट अभावले हालसम्ममा ५ करोड जति खर्च गरी उद्देश्यको २५ प्रतिशत निर्माण सकिएको भन्नुपर्छ । अझै ःगकष्गm को मूल भवनको आधा भाग र विभिन्न जातिको हिमाल, पहाड, तराईको मौलिक जीवनशैलीका घरहरू बनाउन र पार्किङ, गार्डेन, बनाउन आवश्यक छ । यसको निर्माण पूरा गर्नसके एउटा महत्वपूर्ण गन्तव्य हुनेछ ।

२. साइन्स म्युजियमः केन्द्रीय प्रवधि क्याम्पस देशकै एकमात्र खाद्य प्रविधि क्याम्पस हो । यसको हाताभित्रै त्यहाँका विद्यार्थीले उत्पादन गर्न सक्ने खाद्य, पोषण तथा विज्ञान, भौतिक शास्त्रहरूको उच्चतम् प्रयोगले हाम्रो समाजले पाउन सक्ने उपलब्धि, ज्ञान, उद्योगहरूको निर्माण, खाद्यवस्तुको शुद्धता परीक्षण स्वस्थ जीवनको लागि सन्तुलित खाना, उत्पादित विद्यार्थीले हालसम्म गरेका उत्पादन र उद्योगका बारेमा आदि इत्यादिको प्रदर्शनी हल बनाई पर्यटन गन्तव्य बनाउन सकिन्छ ।

५. पर्यटनको प्रकारः
१. स्वास्थ्य उपचारको गन्तव्यः

रोगको उपचार गर्नको लागि नेपालीहरू केहीवर्ष पहिलेसम्म नेपालमा उपचार सम्भव नहुने भएकाले भारतको भेल्लोर, दिल्ली, मुम्बइलगायत अन्य ठूला अस्पताल जान्थ्यौं र बिरामी निको भएपछि गएको मौका ठानी नजिकको पर्यटकीयस्थलहरू भ्रमण गरी आनन्द लिएर फर्कन्थ्यौं । त्यस्तै धरानको दृश्यावलोकनलाई पर्यटकीय प्याकेज बनाउने हो भने र बीपी.प्रतिष्ठानको उपचारलाई उत्कृष्ट सेवामुखी बनाउने हो भने विहार, बङ्गाल, युपी र नेपालकै विभिन्न स्थानका पर्यटकहरूले उपचारसँगै प्याकेज पर्यटन गरेर जान्छन् । 

२. शैक्षिक हबको गन्तव्यः
केही वर्ष पहिले नेपालीहरूले आफ्ना छोराछोरीलाई उत्कृष्ट शिक्षाको लागि भारतको दार्जिलिङ, कालिम्पोङ, दिल्ली र विभिन्न सहरमा पढाउन लैजान्थे र गएको बेला नजिकको पर्यटकीय गन्तव्यहरू नहेरी र नघुमी फर्कदैनथे ।  त्यस्तै धरानको शैक्षिक विकासलाई र बीपी प्रतिष्ठानलाई उत्कृष्ट बनाउनसके प्रशस्त शैक्षिक पर्यटनको सम्भावना देखिन्छ ।

३. व्यापार, मेला र पर्यटनः
अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको आयोजना गरे उक्त मेलामा व्यापार, व्यवसाय, उद्योगको बारेमा जानकारी तथा खरिद बिक्री गर्दै स्थानीय पर्यटक अवलोकन गरेर मानिस फर्कन्छन् । स्थानीय वस्तुको उत्पादन शुद्धतामा ग्यारेन्टी, ब्राण्डिङ गरिएको अग्र्यानिक वस्तुको ग्यारेन्टी गरेर प्रदर्शनी गरी पर्यटक भित्र्याउन सकिन्छ ।

४. खेल, मनोरञ्जन र पर्यटनः
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेल टुर्नामेन्ट भएको छ भने खेलाडी र दर्शक दुवैका लागि खेलबाहेक अन्य दृश्यहरू हेर्ने मौका हुन्छ, धरानको बूढासुब्बा गोल्डकप र धरान गल्फले धरानको पर्यटनलाई प्रवर्धन गर्न सक्छ । साथै Sport Musium बनाएर धरानमा खेलिने सबै खेलहरूको प्रदर्शनी, इतिहासदेखि वर्तमानसम्मका उपलब्धि, अन्तर्राष्ट्रिय खेल, खेलको सम्भावना, खेलाडीको जीवनीको प्रदर्शनी गर्नसकेमा प्रशस्त खेल पर्यटन हुन्छ । 

५. साङ्गीतिक कार्यक्रमः
यो पनि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको कलाकार बोलाई धेरै वर्षपछि गरिने म्युजिक कन्सर्टले धेरै पर्यटकहरूलाई तान्दछ र साङ्गीतिक हबसँगै अन्य पर्यटन बढ्दछ ।

६. सामाजिक राजनीतिक सभा सम्मेलनहरूः
समाजमा भएका थुपै्रखाले राष्ट्रिय सामाजिक सङ्घ–संस्थाहरू जस्तैः जेसीज, रेडक्रस, लायन्स क्लब, रोटरी क्लब, विभिन्न जातीय राष्ट्रिय संस्थाहरू मुलुकका विभिन्न राजनीतिक दलको राष्ट्रिय सभा सम्मेलनमा दशौंहजारदेखि लाखौं मानिसको आगमनले ठूलो आर्थिक आम्दानी गर्छ । यस्ता राष्ट्रिय कार्यक्रम धरानमा ल्याउन नगरपालिकाले सम्बन्धित पक्षलाई प्रोत्साहन गर्नु पर्दछ । नेकपा (एमाले)को नारायणघाटको राष्ट्रिय सम्मेलनमा दसौं करोडको कारोबार भएको स्थानीय होटल व्यवसायीहरूले जनाएका थिए । त्यस्तै भर्खरै धरानमा भएको नेवाः देय् दबुको राष्ट्रिय सम्मेलनले पनि धरानमा लाखौंको व्यापार बढाएको थियो । त्यस्तै धरानलाई माया गर्ने धराने, हरेक राजनीतिक, सामाजिक संस्थाका अगुवाले राष्ट्रिय कार्यक्रम धरानमा ल्याउन पहल गर्नु पर्दछ ।

७. धार्मिक चाडपर्व तथा सांस्कृतिक महोत्सवः
वार्षिक क्यालेण्डरमा हुने र सबै स्थानमा हुने चाडपर्वले पर्यटन आकर्षण गर्दैन । जस्तैः दशैं, तिहार, नेपाल सम्बत्, लाखे तथा गाईजात्रा र अन्य चाडपर्व, साकेलालगायत जातीय पर्व हेर्न खर्च गरेर टिकट काटेर आउँदैनन् तर, वराहक्षेत्र मेला, विष्णुपादुका मेलामा शुल्क तिर्न नपरे पनि आस्थाको आधारमा खर्च गरिरहेका हुन्छन् । बोलबम पनि त्यस्तै हो ।

तर, वराहक्षेत्र मन्दिरदेखि नदी र कोकोहा नदीसम्मको स्थानमा अस्थायी प्रकृतिका विशाल संरचना साथै खेल मनोरञ्जनको साधनको व्यवस्था गर्ने हो भने पर्यटन प्रवर्धन नहुने कुरै छैन । त्यस्तै धरानको पिण्डेश्वरधाममा बोलबमका अवसरमा आउनेका लागि मन्दिरको जग्गामा करोडौं खर्चेर शिव मूर्ति, शिव महिमा, पौराणिक कथामा आधारित सचित्र वर्णन गर्ने र टिकट लिने हो भने भेल्लोरको तिरुपति, पुझा पटीको साइबाबाजस्तै विजयपुर पनि पर्यटकीय गन्तव्य बन्न सक्छ । चतरामा आयोजना गरिने कुम्भमेला धार्मिक गुरु बालसन्त मोहन शरणले आयोजना गर्नुभएको ठूलो धार्मिक अन्तर्राष्ट्रिय पर्यटकीय मेला हो । धरानमा पनि बौद्ध धर्म, जैन धर्म, मुस्लिमहरूको मस्जिदमा गरिने रमजान र ईदलाई राष्ट्रिय मेला र कार्यक्रम गराउन प्रोत्साहन गर्ने हो भने पर्यटकीय गन्तव्य बन्न सक्नुपर्ने हो ।

८. चिडियाखाना तथा Zoologocal Parkः
धरानमा एउटा प्राकृतिक सुन्दरता लुकेर बसेको छ, जसलाई हालसम्म आयमूलक बनाउन सकिएको छैन । त्यो हो धरानको उत्तरमा रहेको पञ्कन्या जङ्गल र बुद्धिकर्ण रायको स्थान । यो सयौं बिगाहामा प्राकृतिक सुन्दरताले भरिपूर्ण मानव बस्तीबाट अलग्गै रहेको स्थान छ । यहाँ खानेपानीको आवश्यक स्रोत पहिचान गरेर व्यवस्थित गरी पशुपंक्षी, जीवजन्तुको आरक्षित चिडियाखाना र बोटानिकल गार्डेन, वनस्पतिहरूको सङ्ग्रहालय आदि बनाउन सक्ने हो भने यसै पार्कभित्र धरानको दुःख बाँदरहरूलाई बन्देज गर्न र नियन्त्रण  गर्न पनि सकिन्छ । यो धरानको मात्र होइन, पूर्वी नेपालकै पर्यटकीय ‘हब’ बन्न सक्छ । जो अन्य सहरमा छैन ।

९. राष्ट्रिय महत्वको विशाल भौतिक संरचनाः
यो साधन धरानको लागि हालसम्म दुर्लभ छ तर, वराहक्षेत्रमाथि कोशी हाईड्याम र तमोरको मूलघाट क्षेत्रमा हाईड्याम बनेमा पर्यटकीय गन्तव्य बन्न सक्छ । जस्तैः कुलेखानी जलविद्युत् आयोजनाको पानीको स्रोत सङ्कलन गरेर ठूलो जलासाय बनाइएको छ, जसलाई हेर्न, पानीमा रमाउन, बोटिङ गर्न, माछा मार्न दैनिक हजारौं पर्यटकहरूको घुइँचो लाग्दछ ।

१०. दुर्लभ यातायातको मनोरञ्जनः
माथि उल्लेखित गन्तव्यहरू बनेको अवस्थामा एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न घोडाको व्यवस्था गर्नु । अनि धरानदेखि विष्णुपादुका हुँदै भेडेटार जाने केवलकारको निर्माण, धरान रिङ रेल (दार्जिलिङमा भएको सानो गेजको रेलजस्तो) ल्याउन सकेमा )  घोडा चढ्न, केवलकार चढ्न, रेल चढ्ने आन्तरिक पर्यटकको लागि दुर्लभ भएकोले पर्यटन प्रवर्धन हुनेछ ।

११. आर्ट ग्यालरीः
धरानका उत्कृष्ट कला, साहित्यका विभिन्न क्षेत्रहरूको, फिलाटेलिक प्रदर्शनीको छुट्टै विकास गर्न सकिन्छ । जसले आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षण गर्नेछ ।

१२. साहसिक खेलः
यसभित्र धरानमा भइरहेको र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन साइक्लिङ, रक क्लाइम्बिङ र जीपलाइनका साथै धरान रन आदि मार्फत् प्रशस्त पर्यटन प्रवर्धन गर्न सकिन्छ ।

१३. यौन पर्यटनः
यौन पर्यटनमार्फत् विश्वका नाम चलेका देशहरूले आर्थिक उन्नति गरेको देखिन्छ, नेपालमा पनि यसको सम्भावना नभएको होइन, यसलाई व्यवस्थित र कानूनी दायरामा ल्याई यौनको माध्यमबाट पनि पर्यटन विकास गर्न सकिन्छ ।

सांस्कृतिक सङ्ग्रहालयः
हिन्दू धर्मको बाहुल्यता भएको यो देशभित्र हाम्रो धरानको शिरमा सयौं वर्ष पहिले नै निर्मित भगवान् शिवको मन्दिर पिण्डेश्वरले इतिहास बोकेको छ । यसैको साथ पाएर संस्कृत विश्व विद्यालयसँगै टाँसिएको छ । प्रशस्त पूर्वाधार, जग्गा–जमिन भएर पनि यो कथा सुनाउने ठाउँमात्र भएको छ । संस्कृत भाषाका पुस्तकमा उल्लेखित धर्मशास्त्रको कहानी वा भगवान् शिवको जीवनलीला, श्रीकृष्णको जीवनलीलाका साथै अन्य लीलाहरू त पढेसुनेकै हो । जो अबको कम्प्युटर पुस्तालाई यो अरुचि हुन्छ तर, आँखामा पनि रहने गरी क्याम्पस हाताभित्र किताबमा व्याख्या गरिएको जस्तो वा सिनेमामा देखाइने भगवान्को लीलाजस्तो विशाल मूर्ति, भौतिक संरचना बनाई सुरक्षित गन्तव्य बनाउने हो भने पैसा खोज्न विदेश जानु पर्दैन ।

खेल पर्यटनः
(क) धरान स्टेडियमः म्युजियम
धरानमा सबै खेलहरूको इतिहास, राष्ट्रिय उपलब्धिहरू फुटबलको नालीबेली राष्ट्रिय फुटबल, अन्तर्राष्ट्रिय फुटबलको इतिहास, अन्तर्राष्ट्रिय फुटबल अन्तर्राष्ट्रिय फुटबल टिमको कीर्तिमानी कथाहरू धरानका खेलका ताराहरू जस्ता कीर्ति, विशेषतालाई सचित्र वर्णन गरेको, पदक, खेल सामग्री, जर्सीहरूसमेतको प्रदर्शनी गरिने म्युजियम बनाइनु पर्छ । यसो गरेमा खेल पर्यटकको ओइरो लाग्नेछ । उपरोक्तबाहेक केही मसिना योजनाहरू यहाँ राखिएको छैन । गोर्खा स्मृति पार्क, विष्णुपादुका, मनमोहन स्मृति पार्क हर्दिया, बीपी स्मृति पार्क धरान–१३, सप्तरङ्गी पार्कका बारेमा थप आकर्षक योजना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

सारांशः
उपरोक्त योजनाहरूलाई एक वर्षभित्र थोरै लगानीमा निर्माण गरी सञ्चालन गर्न सकिने र बहुवर्षे योजना गरी ठूलो लगानीमा निर्माण र सञ्चालन गर्न सकिनेछन् ।

उपरोक्त सम्भावनाहरूलाई आत्मसात गर्ने उपायः
१. आर्थिक  २. प्राविधिक    ३. जनशक्ति

१. आर्थिकः यस्ता योजनाहरूको डिपीआर बनाई एउटै विषयमा धेरै पटक छलफल गरी निष्कर्ष पेश गर्न । डीपीआरको आधारमा लगानीकर्ताको प्राथमिकता धराने जनताले पाउनु पर्ने । योजना एएएको आधारमा गरिनु पर्ने । छुट्टाछुट्टै योजनाको साझेदारी र प्रा.लि. खोल्न निजी क्षेत्रलाई दिनुपर्ने ।

२. प्राविधिकः नगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्राविधिकको खोजी गरी समन्वय गराउनु पर्ने । एउटै गन्तव्यको लागि पटक–पटक गोष्ठी छलफल आदि गर्नुपर्ने ।

३. जनशक्तिः न.पा.द्वारा व्यवस्था गरिएको प्राविधिक भ्हउभचतष्भक को सहयोगमा धराने लगानीकर्तालाई साझेदार बनाई अगाडि बढ्नु पर्ने, जसको लगानी उसैको आम्दानी आर्थिक नारा अघि सार्नु पर्दछ । प्राविधिक तथा नीतिगत अवधारणा बाँकी नै छ ।
(धरान निरूपणमा प्रकाशित आलेख) समाप्त