श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं.२०७९ साल असोज २७ गते बिहीबार, १३ अक्टोबर २०२२, नलनाम संवत्सर। कार्तिक कृष्णपक्षको चतुर्थी तिथि भोलि ०३ः३० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका १८ः५९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ०६ः०२ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ । परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन् । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बाध्यात्मक परिस्थितिले काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । व्यवसायबाट विशेष फाइदा होला ।