धरान :
आगामी शनिबार असोज २९ गते धरानको पब्लिक हाईस्कुल मैदानमा चर्चित गायक गायिकाहरु सम्मिलित सांगितीक कार्यक्रम बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।
अहिलेकी ब्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, चर्चित गायिका सुनिता थेगिम, धरानको ब्यान्ड तपस्वी ब्याण्डसंगै भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति रहने छ ।
कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, असारे महिना, के गुलियो छ र सक्खर चिनी, तिमीले बाटो फेर्यौ अरे, नाच फिरिरी, जेल पनि सहुँला, कसरी -कसरी जस्ता सयौं हिट गीतहरु गाएर नेपाली संगीत क्षेत्रमा राज गर्न सफल गायिका मेलिना राई लामो समयपछि धरानको कन्सर्टमा आउन पाउँदा एकदमै उत्साहित छिन्। उनि भन्छिन, ‘धरानको कार्यक्रममा गाउँदा बेग्लै मज्जा आउँछ’ । डिल्ली फोम्बोको ‘तिम्रो लागि, माईली, तिम्रो सुन्दरता, माया कस्तो हो यो माया, म माया लाउँदिन, आउँछु म भनेर लोकप्रिय छन् । देश -विदेशका कार्यक्रमहरुमा व्यस्त रहेपनि आफ्नो शहरमा चाहिँ उनि कोभिडपछिको पहिलो आउटडोर कन्सर्टमा उत्रदै छन् । उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिने छ । त्यस्तै बिनायो कंगकंग बोलको चर्चित लोकगीत संगै बाबरी चलचित्रको गीत ‘चुलबुल चुलबुल’ गीतकी चर्चित गायिका सुनिता थेगिम धरानको कन्सर्टमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिदैछिन । चर्चित पप गायक एकदेव लिम्बुकी प्रतिभाशाली बहिनि सुनिताको स्वरमा एकदेवको लोकप्रिय गीतहरु ‘आँखामा आउने सपनी र तिम्रो मुटु पनि’ उतिक्कै लोकप्रिय रहेका छन्। अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल-४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बु समेत पहिलोपल्ट धरानको भब्य कन्सर्टमा चर्चित कलाकारहरु संग स्टेज शेयर गर्न पाउँदा एकदमै उत्साहित छिन् । कोच राजेश पायल राईको टिममा रहेकी सबिनाले राजेश पायल राई संग भोइस अफ नेपाल-४ को ब्लाइन्ड अडिशनमा गाएको ‘आजभोली तिमीले’ सोसल मिडियाहरुमा भाइरल भएको छ।
आउन लागेको नेपालीहरुको अर्को ठुलो चाड तिहारको अघिल्लो हफ्ता हुन लागेको बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ को लागि टिकट दर रु दुईसय मात्र राखिएको छ । एसपी इभेन्ट्स एन्ड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियर रहेको छ भने रुस्लान भोड्का, रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन, होटल नवयुग, केन्द्र मोशन पिक्चर्स, महेन्द्र एक्वा, सुन्दर साउण्ड सर्भिसको सहयोग रहेको आयोजकले जनाएको छ ।