श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज २८ गते शुक्रबार, १४ अक्टोबर २०२२, नलनाम संवत्सर । कार्तिक कृष्ण पक्षको पञ्चमी तिथि भोलि ०५ः१५, बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रोहिणी २१ः०६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्याेदय ०६ः०३ बजे र सूर्यास्त ०५ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष जिम्मेवारी प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ । तारिफयोग्य कार्य सम्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलश्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। शुभचिन्तकहरू टाढिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन् । धेरै श्रम परे पनि लाभांश थोरै मात्र मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नु पर्नेछ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनसक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय केही खर्चिलो बन्ने देखिन्छ। पहिलेको सफलताले हौसला जगाउनेछ । दिन सामान्य बित्नेछ ।