विराटनगर । विराटनगर ९ मा मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८:१५ बजे विद्युत् सट भएर लागेको आगो राती साढे १० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।
आगलागीबाट फर्निचर उद्योगको सम्पूर्ण सामाग्रीहरू जलेर पूर्ण रूपमा छती भएको छ । डिएसपी पंजियारका अनुसार आगलागीबाट फर्निचर उद्योगको ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । ‘क्षतिको पूर्ण रूपमा विवरण आइसकेको छैन,’ डिएसपी पंजियारले भने, ‘प्रारम्भिक जानकारी अनुसार ५० लाख भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।’
फर्निचर उद्योगमा लागेको आगो विराटनगर महानगरपालिकाको तीन वटा दमकल, दुहबी र रङ्गेली नगरपालिकाको १/ १ वटा गरी पाँच वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । विराटनगर महानगरपालिकाको पाँच वटा दमकल भए पनि तीन वटा मात्र दमकल सञ्चालनमा छ ।
दुई वटा बिग्रिएर थनकिएको छ । पाँच हजार लिटर क्षमताको दुई वटा र तीन हजार लिटर क्षमताको एउटा दमकलको पानी सकिएको दुहबी र रङ्गेली नगरपालिकाको दमक ढिलो आउँदो आगो नियन्त्रणमा ढिलो भएको थियो ।