विजयपुर । लुम्फुङ्वा कल्याणकारी संस्थाको अध्यक्षमा पुनः पूर्णबहादुर लुम्फुङ्वा चयन भएका छन् ।
बिहीबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको हलमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले पूर्णको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा कमलकुमार लुम्फुङ्वा, सचिवमा लक्ष्मीनारायण लुम्फुङ्वा, सह–सचिवमा कर्ण लुम्फुङ्वा र कोषाध्यक्षमा उत्तमकुमार लुम्फुङ्वा चयन भएका हुन् ।
समितिको सदस्यमा धनकुमार लुम्फुङ्वा, विनोद लुम्फुङ्वा, चन्द्र लुम्फुङ्वा, भवानीप्रसाद लुम्फुङ्वा, दीपक लुम्फुङ्वा, शिवकुमार लुम्फुङ्वा, डिल्ली लुम्फुङ्वा, स्वेता आङ्बुङ लुम्फुङ्वा र मनमाया हाङ्गाम लुम्फुङ्वा चयन भएका हुन् ।
संस्थाका अध्यक्ष पूर्णबहादुरका अनुसार अन्य सदस्य सचिवालयको बैठकले थप गर्ने जानकारी दिए । सारधारणसभामा संस्थाको सचिव लक्ष्मीनारायण लुम्फुङ्वाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल लुम्फुङ्वाले आर्थिक तथा लेखाप्रतिवेदन प्रस्तुत गरेका थिए । आन्तरिक कर्जा प्रवाह प्रतिवेदन चन्द्र लुम्फुङ्वा, स्वास्थ्य तथा आकस्मिक सहयोग प्रतिवेदन उत्तम लुम्फुङ्वा र वंशावली कोषबारे नरप्रसाद लुम्फुङ्वाले प्रस्तुत गरेका थिए । साधारणसभाले ९ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।
स्नातकोत्तर गर्नेलाई सम्मान
साधारणसभामा लुम्फुङ्वा वंशका स्नातकोत्तर गरेकाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वसन्ती थेबे लुम्फुङ्वा, ज्योति सिगु लुम्फुङ्वा, मनिता जोगी लुम्फुङ्वा, डम्बर लिम्बू लुम्फुङ्वा र डिल्ली लुम्फुङ्वा रहेका छन् ।
यस्तै सुवाश लुम्फुङ्वा र साइक्लिङबाट आशा लुम्फुङ्वालाई सम्मानित गरिएको थियो । स्थानीय तहको निर्वाचनमा मेन्छ्यायेम गाउँपालिका वडा नं. ४ मा निर्वाचित वडाध्यक्ष कविन्द्र लुम्फुङ्वालाई पनि सम्मानित भएका हुन् ।