श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ३० गते आइतबार, १६ अक्टोबर २०२२, नलनाम संवत्सर । कार्तिक कृष्णपक्षको षष्ठी तिथि ०७ः२६, बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र आद्र्रा भोलि ०२ः३३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०६ः०४ बजे र सूर्यास्त ०५ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडले समस्या निम्त्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा धोका पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरू पछि पर्नेछन् । दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो गतिले पनि काम बिग्रन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नभइएला । अरूका लागि बुद्धि खर्चनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग रहेको छ । अध्ययन–अध्यापनमा रुचि बढ्ने देखिन्छ ।