लामा कार्की प्रतिष्ठान नेपाल सुनसरीले छात्रवृत्ति वितरण तथा चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार वराह नगरपालिकाको धनपुरी स्थित प्रतिष्ठानको प्रधान कार्यालयमा वराह नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालमा रहेका विभिन्न संस्कृति, रीतिरिवाज र परम्पराको जगेर्ना गर्न, परासर गोत्रिय बन्धुहरुमा एकताको भावना जगेर्ना गर्नुका साथै विपन्न परिवारका सदस्यहरूको शैक्षिक र स्वास्थ्य अवस्थामा अभिबृध्दि गरी उनीहरूको जीवनस्तर उकास्नु र अन्ततोगत्वा सम्पूर्ण समाज कै जीवनस्तर उकास्न टेवा पुर्याउनु पुर्याउन प्रतिष्ठानको उद्देश्य रहेको वक्ताहरूले बताएका थिए ।
उक्त उद्देश्य अनुरूप १० हजार वार्षिक रूपले वितरण गर्ने गरी पूर्व प्रनामनि उत्तम कुमार कार्कीले आफ्ना मातापिताको स्मरणमा प्रत्येक वर्ष ुकर्ण–दीर्घ छात्रवृत्तिु वितरण गर्ने गरी १ लाख एक हजार एक सय एघार अक्षय लागेको स्थापना गरेका थिए ।
त्यस्तै प्रत्येक वर्ष ५ हजारका दरले ुझमक स्मृति छात्रवृत्तिु वितरणका लागी पूर्व प्रनानि केदारमान कार्कीले ५० हजारका कोष स्थापना गरेका थिए । प्रतिष्ठानमा स्थापित कोषबाट शनिवार विपन्न परिवारका ३ जना छात्रछात्राहरूलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।
यस किसिमको छात्रवृत्ति, विपदमा परेका परिवारलाई गरिने सहयोगहरू आगामी वर्षहरूमा बृध्दि गर्दै लैजाने र सामाजिक सेवाका कार्यहरूमा सक्रियता बढाउँदै लैजाने प्रतिष्ठानले जनाएको छ ।