श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल असोज ३१ गते सोमबार, १७ अक्टोबर २०२२, नलनाम संवत्सर । कार्तिक  कृष्णपक्षको सप्तमी तिथि ०९ः५१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुनर्वशु भोलि ०५ः२९ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ०६ः०४ बजे र सूर्यास्त ०५ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिमा कामको चाप देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । काम गर्नुअघि विचार पु¥याउनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रम गरे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्न पर्नेछ । काममा समस्या आउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीले साथ दिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका आफन्तसँग भेटघाट होला। रोकिएको काम बन्न थाल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा मनग्य धनलाभ हुनेछ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन चलाउँदा ध्यान पु¥याउनु पर्नेछ । स्वास्थ्यमा समस्या देखा पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनीतिक क्षेत्रबाट सफलता मिल्नेछ । लामो दूरीको यात्रा सफल रहनेछ ।