नेपाली काङ्ग्रेसभित्र चुनावी गठबन्धन गर्ने र नगर्ने दुईथरिको विचार दुईथरिको बहस र संवाद चलेको र अन्तमा गठबन्धन गर्नु हुँदैन भन्ने विचार पनि गर्नेमा सहमति जनाउन पुगे । यहाँसम्म त ठीकै थियो तर, अहिले आएर नेपाली काङ्ग्रेसबाट टिकट पाउनेहरूले निर्वाचन आयोगबाट चुनाव चिह्न वितरण गर्नुभन्दा पूर्व आफ्नो चुनाव प्रचारमा नेपाली काङ्ग्रेसको रुखमा भोट माग्दै गर्दा निर्वाचन आयोगले चुनाव चिह्न वितरण गरेपछि एकाएक ‘गठबन्धनका साझा उम्मेदवार’ ‘बाम र लोकतान्त्रिकका साझा उम्मेदवार’ भनेर आफ्नो र यिनका शुभचिन्तकहरूले भोट माग्न थालेकोमा आश्चर्य र उदेक लाग्न थालेको छ ।

आश्चर्य अरू राजनीतिक दलले के गरे र कसरी निर्वाचनमा भोट माग्दै हिँडे, त्यसमा होइन, आश्चर्य त नेपाली काङ्ग्रेसले ‘नेपाली काङ्ग्रेस’ भनेर जनसमक्ष र आफ्ना वालहरूमा भोट नमाग्नुले बनाएको छ ।

राणा विरुद्ध, पञ्चायत विरुद्ध, शाही शासन विरुद्ध लडेर यिनीहरूको अस्तित्वविहीन बनाउने नेपाली काङ्ग्रेस अहिले निर्वाचनमा नेपाली काङ्ग्रेस भन्न नसकेर किन रुख मात्रैको कुरा राख्छ । बीपीले जन्माएको नेपाली काङ्ग्रेस, बीपीले बनाएको नेपाली काङ्ग्रेसको इतिहास आज निर्वाचनमा यो नाम प्रयोग किन भइरहेको छैन ?

लोकतन्त्रात्मक शासन व्यवस्थामा राजनीतिक दलको ठूलो महTव रहन्छ र त्यसमा पनि लोकतन्त्रको सुरक्षा र सुदृढताको पहिलो सर्त निर्वाचन नै हो र यही मान्यता र आदर्श मानेर त्यही आदर्श बोकेको पार्टी नेपाली काङ्ग्रेसले आज निर्वाचनमा जाँदा किन काङ्ग्रेस भन्न सकिरहेको छैन ।

पञ्चायतकालमा पनि निर्वाचन भएकै हो, त्यो समयमा पार्टी प्रतिबन्धित रहेको अवस्थामा आन्दोलन गर्ने यी राजनीतिक दल तत्कालीन समयमा निर्वाचन चिह्न मात्रै लिएर निर्वाचनमा सहभागी भएका यिनै राजनीतिक दलहरू पनि हुन् र पार्टी प्रतिबन्धित हँुदा बहुदलको माग गर्दै हिँडने यी दलहरू अहिले बहुदलीय व्यवस्था विद्यमान रहँदारहँदै निर्दलीय रूपमा नेपाली काङ्ग्रेसलगायत अन्य चार दल निर्वाचन चिह्नमा मात्रै प्रचार–प्रसारमा रहनु निश्चय नै भविष्यको लागि राम्रो मान्न किमार्थ सकिँदैन ।

नेपाली काङ्ग्रेस र अन्य चारदल पनि यसरी नै प्रस्तुत हुनु बहुदलीय व्यवस्थामाथि घातको रूपमा लिनु पर्छ र त्यसको नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेको छ ! यौटा प्रश्न उठ्छ– पाँचदलीय गठबन्धनमा यस्तो के बाध्यता  समस्या आयो यिनीहरूले आफ्नो राजनीतिक दलको नाम लिन चाहिरहेका छैनन् ? यो बाध्यता र समस्यालाई प्रतिगामी विचार किन नभन्ने ?

राजनीतिक दलको नाम लिन नसक्ने पाँचदलीय गठबन्धनले किन साझा घोषणा–पत्र चैं आवश्यक ठानेनन् ? किन साझा घोषणा–पत्र बनाउन सकेनन् तर, साझा उम्मेदवार चंै भन्न हिच्किचाएनन् ?

अहिले पाँचदलीय गठबन्धनले आफ्नो पार्टीको नाम परिवर्तन गरेर  के नेपाली काङ्ग्रेसबाट रुख भएको हो ? नेकपा (एस)ले नाम परिवर्तन गरेर कलम मात्रै भएको हो ? माओवादीले पनि नाम माओवादी हटाएर आफ्नो लोगोमा मात्रै आएको हो ? यस्तो प्रवृत्ति र विचारले निर्दलीयलाई मात्रै प्रोत्साहित गर्छ । यो कुरालाई अन्य राजनीतिक दलले कसरी लिएका छन् ? त्यो विषय गम्भीर होला नहोला तर, नेपाली काङ्ग्रेसले यसरी प्रस्तुत हुनु गम्भीर र पार्टीगत दोष हो । यसमा पार्टी सभापति शेरबहादुर देउवा मात्रै दोषी छैनन्, पार्टीका सम्पूर्ण पदाधिकारी र निर्वाचनमा टिकट पाएर युद्ध जितेजस्तै गरेर होमिएकाहरू पनि उत्तिकै दोषी छन् । यस अर्थमा दोषी छन् कि अहिले यिनीहरू निर्वाचनमा नेपाली काङ्ग्रेस नभनेर रुख मात्रै भन्दै छन् । त्यसो भन्न यिनीहरूको स्वाभिमानले कसरी दियो ? हिजो सम्म गर्वले लिने यो नाम आज निर्वाचनमा किन लिइरहेका छैनन् ?

माओवादीले आफ्नो नाम त परिवर्तन गर्न खोजिरहेकै थियो । यो नामबाट निर्वाचनमा जाँदा जनताबाट स्वीकार्य नहुन सक्छ । प्रचण्डले यही कुरा बुझेर सायद नाम परिवर्तनको विषय पनि आएकै हो । प्रचण्ड राजनीतिका चतुर खेलाडी हुन् । उनको चतु¥याइँ र उनको यही खेलमा पाँचदलीय गठबन्धन बनेर अहिलेको निर्वाचनमा गठबन्धनका कुनै पनि दलले आफ्नो राजनैतिक दलको नाम नराख्ने सहमति गरेको हुनसक्छ ? कारण प्रचण्डलाई आफ्नो दलको नाम प्रस्तुत गर्नु नै छैन ।

राजनीतिक दलहरूले आफ्नो स्थापनाकालदेखि आफ्नो राजनीतिक दलको नाम परिवर्तन गर्दै आएका छन् । यिनीहरूको यो नाम र पहिचान आफैलाई घाउ हँुदै गर्दा यस्तो अवस्था आएको हुन सक्छ । इतिहास र परिचय खराब हुँदा यस्तो नाम बोकेर हिँड््दा राजनीतिक दलले नाम परिवर्तन गरेको र खोजेको हुनसक्छ तर, नेपाली काङ्ग्रेसमा यो बाध्यता र समस्या छैन । अनि किन पाँचदलीय गठबन्धनको अवधारणामा काङ्ग्रेसले निर्वाचनमा आफ्नो नाम लिन नचाहेको हो ?