श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक १ गते मङ्गलबार, १८ अक्टोबर २०२२, नलनाम संवत्सर। कार्तिक कृष्ण पक्षको अष्टमी तिथि १२ः१७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य भोलि ०८ः१६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०६ः०५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनुपर्ने हुनसक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । बोलीको प्रभावले विवाद निम्त्याउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे लाभ हुनेछ । अध्ययनमा समय दिन नसकिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। पेटसम्बन्धी समस्याले सताउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धनलाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । अचानक लामो दूरीको यात्रा हुनेछ।