श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक ३ गते बिहीबार, २०अक्टोबर २०२२, नलनाम संवत्सर । कार्तिक कृष्ण पक्षको दशमी तिथि १६ः३० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा १०ः४३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि सिंह, सूर्योदय ०६ः०७ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्ने सम्भावना देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भङ्ग हुन सक्छ। परोपकारी कार्यमा सरिक भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम बिग्रने डरले सताइरहनेछ। काम दोहोर्याउनु पर्ला । हतारको कामकाजले दुःख पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। आफन्तको सहयोगबाट काम बनाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रममा समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि बुद्धि खर्चनु पर्नेछ। जीवनशैली व्यस्त रहने र उपलब्धिहीन काममा समय बित्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामलाई निरन्तरता दिन सकिनेछ । मिहिनेत गरेमा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । फाइदा हुने काम प्रारम्भ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । बोली–व्यवहारमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभावसमेत देखापर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला।