श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक ४ गते शुक्रबार, २१ अक्टोबर २०२२, नलनाम संवत्सर । कार्तिक कृष्ण पक्षको एकादशी तिथि १७ः३८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा १२ः४१ बजे सम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि उपयोग भइनेछ । आफैले दिएको वचनले अप्ठ्यारो पर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कर्मयोगले नयाँ मोड लिनेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् । प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहो¥याउनु पर्ने स्थिति आउला।