भद्रपुर । झापाको भद्रपुरमा भौतिक शास्त्र सिद्धान्तका प्रतिपादक २ जना पूर्व विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमकाबीच सम्मानसहित बधाई ज्ञापन गरिएको छ ।

भद्रपुर ५ स्थित सिद्धार्थ शिशु सदनले पूर्व विद्यार्थीद्वय आरिफ अलि र दिव्यराज सापकोटालाई विद्यालयमा विहिबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

न्युटन्सको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको भन्दै उनीहरुलाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, विद्यालयका प्रवन्ध निर्देशक प्रकाश भण्डारी, प्रिन्सिपल श्याम देवान ,सञ्चालक च्यावन पोखरेल लगायतले सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नयाँ खोज तथा अनुसन्धानले देशमा सार्थकता प्रदान गर्ने भन्दै अनुसन्धानका लागि सम्मानितद्वयलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सम्मानित व्यक्ति अलि ,आरोही इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष रमेश पोखरेल लगायतले मन्तव्य राखेका थिए ।प्रिन्सिपल श्याम देवान राईलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भण्डारी र स्वागत मन्तव्य विद्यालयका सञ्चालक समिति सदस्य विजय तिम्सिनाले गरेका थिए ।