श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक ६ गते आइतबार, २३ अक्टोबर २०२२, नलनाम संवत्सर। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि १८ः२० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरफाल्गुनी १४ः४८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्याेदय ०६ः०८ बजे र सूर्यास्त ०५ः२६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। नयाँ काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। नियमित काम भने बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ। प्रयत्न गरेमा अवसर पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परोपकारी काममा सहभागी भइनेछ। तर, आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमपूर्वक समर्पित हुँदा कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले गर्दा काम बन्न समय लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।