को हुन धन्वन्तरि ?
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ।

देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धन्वन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धन्वन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

समुन्द्र मन्थन र भगवान् धन्वन्तरि
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरि अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद ूआयु र वेदूगरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ुआयुको ज्ञानु भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।

काग तिहार
हिन्दु धर्मावलम्बीहरूले वडा दसैँ लगत्तै मनाउने अर्को ठुलो र महत्त्वपूर्ण चाडको हो( तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो र महत्त्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

काग का बारेमा
काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

तिहारको कथा
सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् जस मध्य एकदमै प्रचलित कथा जसमा यम र उन् कि बहिनीको प्रसगं यहाँ प्रस्तुत गर्न जाँदै छौ ।

मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।

काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।

साभारःहाम्राेपात्राे