श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक १३ गते आइतबार, ३० अक्टोबर २०२२, नल संवत्सर। कार्तिक  शुक्लपक्षको षष्ठी तिथि भोलि ०३ः३८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मूल ०७ः३४ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०६ः१२ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धि होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पु¥याउनु होला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ। दिन समान्य बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले सफलताको उचाइमा पु¥याउनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आतिथ्यपूर्ण सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ । भौतिक वस्तुहरू प्राप्त हुने योग छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला । लक्ष्यमा पुग्न केही अप्ठ्यारो पर्ने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकारका लागि जुट्नु पर्नेछ। सुरुमा केही चुनौतीहरू देखिए पनि विभिन्न अवसर प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि स्रोतसाधन जुट्नाले मन उत्साहित हुनेछ । फाइदा कम मात्र हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । पठन–पाठनमा त्यति समय दिन नसकिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीप्रति अरूले आलोचना गर्न सक्नेछन् । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ ।