श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल कात्तिक १४ गते सोमबार, ३१ अक्टोबर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको सप्तमी तिथि भोलि ०१ः२३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तराषाढा भोलि ०४ः२५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि धनु, सूर्याेदय ०६ः१३ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्म–कर्मप्रति प्रवृत्त गराउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न अवसरले पछ्याउनेछन् । जीवनशैलीमा परिवर्तन आउनेछ। अप्ठ्यारो स्थिति आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । सामान्य कामका लागि दौडधुप गर्नु पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूको भरपर्दा गोपनीयता बाहिरिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। श्रम परे पनि पछि फाइदा हुने काम बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन सङ्ग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रुचिका विषयमा लगानी बढाउन सकिनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । अधिकार स्थापित गर्न सकिनेछ।