श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक १५ गते मङ्गलबार, १ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको अष्टमी  तिथि  २३ः१७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र श्रवण भोलि ०३ः०४ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्याेदय ०६ः१४ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामा प्रवृत्त गराउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरे लक्ष्यमा पुग्न सफलता मिल्नेछ । स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान दिनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्य स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आतिथ्यपूर्ण सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक हानि हुन सक्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गरे ठूलै काम सम्पादन हुनेछ ।