धरान यस्तो भौगोलिक अवस्थितिमा छ । जहाँ धेरै प्रकारका जीवजन्तु, वनस्पति र जैविक विविधताले भरिपूर्ण छ । चुरे तथा शिवालिक पर्वतसँग जोडिएको धरानले जो कसैलाई पनि लोभ्याउँछ । यहाँको वातावरण, पर्यावरण, संस्कार, संस्कृति, धर्म सबै सबै कुराले गर्दा धरानको महिमा बारे जति नै वर्णन गरे पनि कमै हुन्छ । तर, यहाँको गरिमालाई उचो बनाउने र त्यसलाई जीवन्त राख्न धरानेले नसकेको हो कि भन्ने प्रतीत पनि हुन्छ । धराने जसले सर्दु जलाधार क्षेत्रबाट पानी पिइरहेको छ, त्यो क्षेत्र जैविक विविधताका हिसाबले एकदमै महŒवपूर्ण क्षेत्र हो । पानीका लागि मात्रै जलाधार क्षेत्रको संरक्षण गरेर पुग्दैन । यहाँका वनस्पति र चराचुरुङ्गी, स्तनधारी जीवहरूको पनि संरक्षण गर्न सक्यौँ भने यहाँ पर्यटकहरूलाई पनि भिœयाउन सकिन्छ । तर, त्यसतर्फ स्थानीय तहले अहिलेसम्म पाइला चालेको पाइँदैन ।
३९ दशमलव ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सर्दु जलाधार क्षेत्रलाई पानीको मुहान क्षेत्र मात्रै भनी परिभाषित गरिएको अवस्था छ । तर, यहाँ जैविक विविधताका हिसाबले निक्कै नै महŒवपूर्ण रहेको २०६८ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपाल (आइयुसिएन)ले गरेको अध्ययन प्रतिवेदनबाटै प्रष्ट हुन्छ । यस प्रतिवेदनमा एकसय ४७ जातिका भास्कुलर वनस्पति, एक सय ३० जातिका दुई दलीय, १२ जातिका एक दलीय र ८ जातिका फूल नफुल्ने वनस्पति रहेको उल्लेख छ । त्यस्तै ८ प्रकारका स्तनधारी, २६ प्रकारका चराहरू, १४ प्रकारका घस्रने र ५ प्रकारका उभयचर रहेको प्रतिवेदनमा भनिएको छ । यतिका धेरै वनस्पति, स्तनधारी जीव, चराचुरुङ्गी रहेको सर्दु जलाधारलाई पानीका हिसाबमा मात्रै संरक्षण गरिनु उचित देखिँदैन । यसको महŒवलाई हेरेर निश्चित क्षेत्रमा वनस्पतिबारे अध्ययन अनुसन्धान गर्न आउने वातावरण सिर्जना गरिनुपर्छ । त्यसका लागि स्थानीय तहले प्रचार–प्रसार गर्नुपर्छ । एकै स्थानमा यतिका धेरै वनस्पति पाइने क्षेत्र भनी प्रचार गरिनुपर्छ । त्यस प्रचारका कारण वनस्पतिसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न चाहने अध्येताहरूका लागि आरक्षणको जस्तो निश्चित क्षेत्रमा प्रवेशका लागि अनुमति दिनुपर्छ र त्यसबापत निश्चित आर्थिक उपार्जन गर्ने वातावरण पनि सिर्जना गरिनुपर्छ । यस्तो सौभाग्य धरानलाई मिलेको छ । तर, स्थानीय तहका अधिकारी तथा जनप्रतिनिधिहरू रणभुल्लमा परेको स्थिति छ । धरानले गर्न सक्ने सम्भावनाहरू धेरै छन् । तर त्योअनुरूपको वातावरण बनाउनका लागि जनप्रतिनिधिहरूको चासो र चर्चाको विषय बनेको देखिँदैन ।
सर्दु जलाधार धरानको सम्पत्ति हो । पानीको अजश्र स्रोत मात्रै हैन, वनस्पति, चरा र स्तनधारी प्राणीको पनि अजश्र स्रोत हो । त्यो स्रोतलाई संरक्षण गर्नका लागि स्थानीय तहले योजनाविहीन काम गरेर हुँदैन । केही समयअगि धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङले आफ्नै शैलीमा बिरुवा रोपण गर्ने काम गरे । ती बिरुवाहरू किन र कुन उद्देश्यबाट रोपिए भन्ने हेक्का सायदै नगर पितालाई पनि छैन । योजनाबद्ध र कार्यपालिका बैठकमा एजेन्डा लिई सोहीअनुसार कार्य अगाडि बढाउनुपथ्र्यो तर, त्यसो हुन सकेको देखिँदैन । त्यतिका धेरै वनस्पति रहेको क्षेत्रमा जथाभावी बिरुवा रोपण गर्दा त्यसको असर के पर्छ भन्ने हेक्का राखेको देखिँदैन । नगर प्रमुखले यसतर्फ अब चाहिँ विचार पु¥याउनुपर्छ किनकि ५ लाख बिरुवा रोप्ने उहाँको योजना मुताविक अब व्यवस्थित हुनुपर्छ र नगर प्रमुखले गरेको काम व्यवस्थित र योजनाबद्ध हुनुपर्छ नै । धरान सानो सहर मात्रै हैन, यहाँ धेरै कुरालाई हामीलाई साथ दिएको छ तर बेच्न र त्यसलाई ब्रान्डिङ गर्न नजान्दाको परिणाम हामीले अहिले पनि भोगिरहेका छौं । भोलि पनि भोग्नेछौँ । त्यसकारण पनि हरेक कार्य योजनाबद्ध भएमा त्यसले कालान्तरमा प्रभाव पार्नेछ । हामी एउटा उद्देश्यतर्फ लक्षित हुनेछौँ ।