श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक १६ गते बुधबार, २ नोभेम्बर २०२२, नलनाम संवत्सर । कार्तिक शुक्लपक्षको नवमी तिथि २१ः२५ बजेसम्म उप्रान्त दशमी, नक्षत्र धनिष्ठा भोलि ०१ः५७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि–मकर, सूर्योदय ०६ः१४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै काम र जिम्मेवारी प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तालेको कामकाज सफल हुनेछ। भाग्यले राम्रै अवसर दिलाउनेछ। दिन राम्रो रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सामान्य कामका लागि पनि निकै दौडधुप गर्नु पर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले केही असहज होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ ।