श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक १७ गते बिहीबार, ३ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको दशमी तिथि १९ः४८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र शतभिषा भोलि ०१ः०५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्याेदय ०६ः१५ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको विश्वासमा पर्दा धोका हुनसक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गरेमा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ। भैपरी आउने कामकाजले रकम बाहिरिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढाको यात्रा हुने सम्भावना देखिन्छ । अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको योजना अनिश्चित बन्न सक्छ । तापनि रचनात्मक कामले फाइदा दिलाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सुखद् समाचारले मनमा उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला ।