श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक १८ गते शुक्रबार, ४ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको एकादशी तिथि १८ः२९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वभाद्र भोलि ००ः३१ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ०६ः१६ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि क्षेत्रमा फाइदा हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भविष्यका लागि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ । मेहनत गर्दा भाग्योन्नतिको समय छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामुदायिक तथा सेवामूलक कामले पद–प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएको कामले निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रुहरू निहुरिनेछन् । मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। दिन राम्रो देखिन्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ । परिबन्दले केही समस्या निम्त्याउन सक्छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिलेको समस्या सुल्झाउन पनि निकै परिश्रम गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ। पहिलेको साख जोगाउन सकिनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काममा भने केही अलमल हुनेछ । अस्वस्थ भएर पनि काममा जुट्नुपर्ने अवस्था आउन सक्छ ।