श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २० गते आइतबार, ६ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक  शुक्लपक्षको त्रयोदशी तिथि १६ः५१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र रेवती भोलि ००ः२३ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमाराशि मीन, सूर्याेदय ०६ः१६ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गरेमा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। काम बिग्रने भयले सताउनेछ । दिन सामान्य बित्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठूलो लाभको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। आफ्नै कमजोरीले प्रतिफलसमेत प्राप्त नहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रयत्न गरेमा व्यापार बढ्नुका साथै व्यवसायबाट लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले आम्दानी बढ्नेछ। प्रेमको बन्धन कसिने समय छ। भौतिक सुविधाले खर्च बढ्ला।