श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २१ गते सोमबार, ७ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि १६ः३८ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अश्विनी भोलि ००ः४३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०६ः१८ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। काममा दोहो¥याएर प्रयत्न गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम सुरु हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरेमा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । दिन सामान्य बित्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रुचिका विषयमा लगानी बढाउन सकिनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योग परेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गरेमा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।