श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २२ गते मङ्गलबार, ८ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि १६ः५२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी भोलि ०१ः५६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। कमीकमजोरीमा पनि सुधार हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आकस्मिक कामले खर्च बढाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चित रकम अरूलाई दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनु पर्ला । दिन सामान्य रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई समय दिँदा आफू पछि परिनेछ। आवश्यक पर्दा कर्जामार्फत् धन जुटाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर, करकापमा परी कुनै विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरेमा आयस्रोत बढाउन सकिनेछ। व्यापारबाट मनग्य फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आंशिक फाइदा भए पनि काम पूरा गर्न बढी लगानी र समय लाग्नेछ। अरूका लागि खर्चनु पर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरसापटमा रकम बाहिरिन सक्छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। मन प्रफुल्लित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नाम, दाम र इनाम प्राप्त हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।