श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २३ गते बुधबार, ९ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्ग कृष्णपक्षको प्रतिपदा तिथि १७ः३६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र कृतिका भोलि ०३ः२५ बजेसम्म, उप्रान्त  रोहिणी, चन्द्रमाराशि वृष, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामसमेत सम्पादन हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला । काम बिग्रने भयले सताउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय त्यसै अलमलमा बित्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनमाल हराउन सक्ने योग देखिन्छ, सचेत रहनुहोला । दिन सामान्यरूपमा बित्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आतिथ्यपूर्ण सम्मानका साथ मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यकता पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा उत्साह जाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने भौतिक साधन प्राप्तिको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आलश्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्ने र दिगो फाइदा हुनेछ ।