श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २४ गते बिहीबार, १०नोभेम्बर २०२२, नलनाम संवत्सर, मार्गकृष्ण पक्षको द्वितीया तिथि १८ः५२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रोहिणी भोलि ०५ः२४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ०६ः२० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली छाउनेछ । तपाईंले सोचेअनुसार काम हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो दैनिक कामकाजबाट फाइदा होला । मन खुसी रहनेछ । यात्रा सफल रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक आरोप लाग्न सक्छ । घरपरिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारबाट साथ सहयोग प्राप्त हुनेछ । राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउन सक्नेछन् । आजको दिन मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कसैसँग अनावश्यक विवाद नगर्नु होला । सकारात्मक सोच राख्नुहोला । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन शिवाजीको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा फलदायी हुनेछ । दिन सामान्य बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउने छ । वैदेशिक यात्राको योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार–व्यवसायबाट मनग्य लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधान खरिद बिक्री गर्ने समय छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ । छोटो दूरीको यात्रा हुनेछ ।