धरानमा सडकको अवस्था अत्यन्त दयनीय छ । खेदपूर्ण रूपमै भन्नुपर्छ, धराने जनताहरूले राजधानीको माग चाहिँ गर्छन्, आप्mनो सडकको अवस्था चाहिँ के कस्तो छ भन्ने कुरा ध्यानै दिँनैनन् । यो ज्यादै लाजको पसारो भएको छ । धरान मेनबजारको रोड हेरौं मूल्याङ्कन गर्दा राम्रो छ भन्न मिल्दैन । धनकुटे रोड त्यस्तै छ, बीच बजारतिर गयो उस्तै छ, जिरोपोइन्टदेखि फुस्रे सम्मको हे¥यो भने त करिब ५० वर्ष पुरानो छ । विभिन्न ठाउँबाट घुम्नको लागि धरान आउने यात्रुहरूलाई पनि बाटोको अवस्था देखेर वाक्क लाग्ने गरेको हामीले महसुस गरेका छौं ।
देशीलाइनदेखि बगरकोटसम्मको रुटमा पनि खाल्डाखुल्डीहरू प्रशस्तै पाइन्छन् । शनिमन्दिरदेखि सेउतीसम्मको बाटो धेरै भो पिच हुन सकेको छैन । धुलोले पुरिएर भए पनि यात्रा गर्न विवश छन् यात्रीहरू । त्यहाँको निर्माण धरानको जिम्मेवारीभित्र पथ्र्यो । भित्री बस्तीभित्रका शाखा बाटाहरू चाहिँ ५० प्रतिशत राम्रै भए पनि अरू ५० प्रतिशतको अवस्था चिन्ताजनक नै छ । धरानको पिच बाटोहरू बनाउन ४० तथा ६० प्रतिशत अवधारणा अन्तर्गत धराने जनताकै अधिक लगानी भए तापनि सडक जीर्ण छन् ।
मलाई चाहिँ धरान उपमहानगरपालिकाभित्र भेटिने ती सडकमा रहेका हम्प्स पाउँदा ज्यादै नै बोर बोर महसुस हुन्छ । दुर्घटना जोगाउने भनेर बनाइएका हम्प्सले सास्ती दिन्छ । मापदण्डअनुसारका हम्प्स छैनन् । धरानमा अभैm सडकमा लगानी आवश्यक त छ तर, मौसमी प्रभाव पानी पर्दाको मौसममा सिंहदेवी चोकदेखि माछा भौडी सम्मको बाटो बाह्रै मास बिग्रिन्छ । चतरालाइनदेखि मङ्गलबारेसम्मको बाटोको बिजोग वर्षौंको जस्तो छ । बरु सवारी साधनहरू वैकल्पिक बाटोबाट कुद्छन् । त्यहाँ सडक नबनेको धेरै भएको छ । समष्टिमा धरानका अधिकांश बाटोहरूको स्तरोन्नति हुन आवश्यक देखिन्छ ।
धरानमा अत्यधिक दुईपाङ्ग्रे सवारीसाधन प्रयोगमा आएको पाइन्छ । मेरो अवधारणामा धरानजस्तो व्यस्त सहरमा दुईपाङ्ग्रे सवारीसाधनको प्रयोगमा पूर्णतयाः रोक लगाउन आवश्यक छ । किनभने धरान सहरको विकास नहुनुमा म यिनै दुईपाङ्ग्रे सवारीसाधनलाई दोष दिन चाहन्छु, किनकि दुईपाङ्ग्रे सवारीसाधनको कुनै सङ्गठन हुँदैन, उनीहरू ज्यादै नै स्वार्थी हुने गर्दछन् । जहाँ पायो त्यहीँ रोक्ने, अकस्मात ब्रेक लगाउने, स्पिड ज्यादा लिने, निषेधित ठाउँमा पार्किङ गर्नेलगायतका कारणले बनेका रोडहरू पनि बिग्रिने गरेको म पाउँछु ।
बल्ल बल्ल कति वर्ष पर्खेर निर्माण सम्पन्न भएको बाटोमा एकहप्तासम्म पनि कुर्न नसकेर जता पायो त्यतैबाट दुईपाङ्ग्रे सवारीसाधन छिराउने र स्टेण्डबाट घुमाउने गर्दछन्, जसले गर्दा आलो पिचमा क्षति पुगेको मेरै आँखाले प्रत्यक्ष देख्ने गरेको छु । यसतर्फ न त ट्राफिक प्रहरी जानकार छ, न त सम्बन्धित निकाय नै । धरान उपमहानगरपालिकाको एउटा योजना जसले मोटरसाइकल पार्किङमा कोसेढुङ्गा सावित गर्ने थियो तर, त्यो योजना पनि दुईपाङ्ग्रे सवारीसाधन धनीहरूले चकनाचुर पारिदिएका थिए । भानुचोकदेखि छाताचोकसम्म पश्चितर्फ नगरपालिकाले नो पार्किङको व्यवस्था गरेको थियो सो भताभुङ्ग भयो ।
चारपाङ्ग्रे सवारीसाधनको अवधारणाअनुसार सवारी धनीहरू पार्किङ्स्थलबाट केही हिँड्दछन् र बजारमा किनमेल गरी हिँडेर पार्किङसम्म फर्कन्छन् भन्ने अवधारणा जो धरान नगरपालिकाले गरेको थियो, त्यसलाई पनि विफल पारिएको थियो । समग्रमा बाटो निर्माणकर्ताहरूले पनि जुन भारक्षमता अनुसारको रोड निर्माण गर्नुपर्ने त्यतापट्टि पटक्कै ध्यान दिएको पाइँदैन । त्यसैगरी दुईपाङ्ग्रे सवारीसाधनधनीहरू पनि मनोपोलीको रूपमा हिँड्नेगरेको आदि कारणले समग्र धरानको बाटोको अवस्था अहिले पनि चिन्ताजनक रूपमा रहेको पाइन्छ । हाम्रो आशाअनुसार आगामी दिनमा सुधारको प्रयास होस् ।
चार पाङ्ग्रे सवारी साधनहरू किन अति महँगा ?
किन चारपाङ्ग्रे सवारीसाधनहरू नेपालमा साह्रै नै महँगा भए ? किन त भन्दा नेपालले आपैm उत्पादन गर्ने क्षमता नराख्नु, भन्सार शुल्क अत्यधिक वृद्धि गर्नु, निकासी–पैठारीमा सहजता नहुनु, विगत १ सय वर्षदेखि विदेशीकै मुख ताकेर बस्नु आपूm चाहिँ सियोसम्म पनि बनाउन नसक्नु, बिक्रेताहरूले एउटा गाडी बिक्री गर्दा वर्षौंवर्षलाई पुग्ने गरी नाफा मार्जिन राख्नु आदि कारणहरू हुन् । यसरी सीमित पहुँच भएका धरानेहरूभन्दा बाहेक सर्वसाधारण धरानेहरूले महँगा गाडीहरू प्रयोग गर्न नसक्ने अवस्था छ ।