श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २६ गते शनिबार, ११ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्ग कृष्णपक्षको चतुर्थी तिथि २२ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा ०७ः४९ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ०६ः२२ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सफलताले हिम्मत बढाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भेटघाटले उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। परिस्थितिवश सञ्चित रकम खर्च हुनसक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आफन्तका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्य केही कमजोर रहनेछ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।