श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक २७ गते आइतबार, १३ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको पञ्चमी तिथि भोलि ०१ः१२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र आद्र्रा १०ः३५ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०६ः२३ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ताफियोग्य काम गर्दै धेैको उपका गर्न सकिनेछ सामाजिक जिम्मेवाी प्राप्त हुनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।रोकिएको काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही रकम अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ। अनावश्यक खर्च हुने भए पनि दिगो फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहारसमेत हातलागी हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। प्रतिस्पर्धी पछि पर्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले हौसला जगाउनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
 प्रयत्न गरे विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रम गरेमा सजिलै लक्ष्य प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रु परास्त हुनेछन् । रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।