श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल कात्तिक २८ गते सोमबार, १४ नोभेम्बर २०२२, नलनाम संवत्सर । मार्गकृष्ण पक्षको षष्ठी तिथि भोलि ०३ः४४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुनर्वशु २३ः५६ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ०६ः२४ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश आफ्नै वचन पूरा गर्न नसकिएला । आफ्नै व्यवहारले समस्या निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आलोचकहरूलाई व्यवहारले समेट्नु होला। द्विविधाले निर्णय कमजोर बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । सफलताले महŒवाकाङ्क्षा बढाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतार निर्णय गर्दा समस्या देखिन सक्छ । भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।पछिका लागि खर्च गर्नुपर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वाभिमानका लागि केही गुमाउनु पर्ला। आकस्मिक खर्च बढ्नेछ । यात्रा गर्ने अवसर जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्रा लाभदायक रहनेछ। तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामका लागि दौडधुप गर्नुपर्ला । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामकाज सफल भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो सम्पत्तिमाथि अरूले दाबी गर्न सक्छन्।