श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल कात्तिक २९ गते मङ्गलबार, १५ नोभेम्बर २०२२, नलनाम संवत्सर । मार्गकृष्ण पक्षको सप्तमी तिथि भोलि ०६ः०८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुष्य १६ः२९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ०६ः२४ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ। हतारको निर्णयले पछि अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। अरूका काममा जुट्नुपरे पनि अन्ततः आफैलाई फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलश्य त्यागेर मिहिनेत गरेमा लाभ उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीको भरपर्दा काम बिग्रन सक्छ।आफ्नै वचन पूरा गर्न नसक्ने स्थिति रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम बीचैमा रोकिनाले दोहो¥याउनु पर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा केही काम बन्नेछ । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ । अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै लाभ हुनेछ।