श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक ३० गते बुधबार, १६ नोभेम्बर २०२२, नलनाम संवत्सर । मार्गकृष्ण पक्षको अष्टमी तिथि भोलि ०८ः१४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्लेषा १९ः१३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि सिंह, सूर्याेदय ०६ः२५ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला। लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले टाढिएका आफन्त पनि नजिकिएलान्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक मतभेदले कामका बाधा पु¥याउन सक्छ। महत्वाकाङ्क्षी योजना सार्वजनिक नगर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनेछ भने कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आत्तिने बानीले कामकाजमा प्रभाव पार्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना सफल हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष अवसर प्राप्त हुनेछ । सहयोगीहरूको साथले उत्साह जगाउनेछ । आफन्तजनसँग भेटघाट हुनेछ ।